© २०२३
लमही, १८ पुस ।
अन्तरप्रदेश भ्रमणमा रहेका गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालको टोलीलाई लुम्बिनी प्रदेश सभामा बुधबार स्वागत गरिएको छ ।
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगर, उपसभामुख मेनुका खाण केसी, प्रदेश सभा सदस्य मिना बुढामगर, मिना कुमारी श्रेष्ठ, प्रदेश सभा सचिब दुर्लभ कुमार केसी लगायतले उनीहरुलाई स्वागत गरिएको हो ।
गण्डकी प्रदेश सभाका सभामुखको टोलीले लुम्बिनी प्रदेश सभाहलको अवलोकन गर्नुका साथै अनुभव साटासाट अन्तकृया समेत भएको थियोे । कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले प्रदेश सभा र स्थानीय तहलाई जोड्ने उद्देश्यले स्थानीय तहसंग प्रदेश सभा, प्रदेश सभामा बिद्यार्थी पहुँच कार्यक्रम गरिएको जानकारी गराउँदै यसको सकारात्मक प्रभाव परेको बताए ।
त्यसैगरी गण्डकी प्रदेशका सभामुख धितालले आफुले अस्ट्रेलियाको संसद मोडेल हेरेको त्यहाँको संघीयतामा भन्दा नेपाली मोडेल नयाँ र सभामा बढी समाबेशी रहेको बताए । उनले लुम्बिनी प्रदेश सभाको भौतिक संरचना बेलायती मोडेल भएको आफुले पाएको उनले बताए । गण्डकी प्रदेश सभाका सचिव हरि प्रसाद पोख्रेलले लुम्बिनी प्रदेशबाट सिक्नु पर्ने कुरा धेरै भएको बताए । उनले कर्मचारीको अभावका बिच पनि प्रदेश सभाको काम कारवाही राम्रो गरेको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी