ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

पुर्वराजा शाहद्वारा सरावलको बर्दघाटे कालिका मन्दिरमा पुजाआजा

१७ पुष २०८०, मंगलवार
१७ पुष २०८०, मंगलवार

सुनवल, १७ पुस ।

पुर्व राजा ज्ञानेन्द्र शाहले पश्चिम नवलपरासीको सरावल ७ मा रहेको बर्दघाटे कालिका मन्दिरमा पुजाआजा गरेका छन् । मंगलबार दिउँसो भारतीय सिमा नजिकै रहेको मन्दिरमा आई पुर्व राजा शाहले विधिपुर्वक पुजाआजा गरेका हुन् । सो क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता तथा शाहका शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पुर्वराजाको आगमनका क्रममा राजावादीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो भन्दै नाराबाजी गरेका थिए । शाहले पुजाआजा पछि मञ्चमा पुगेर सम्मान ग्रहण गरेका थिए । उनलाई राप्रपाका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य धुव्र बहादुर प्रधानले मायाको चिनो प्रदान गरे ।

हात हल्लाएर उपस्थित शुभेच्छुकलाई अभिवादन गरेका शाहले सो क्रममा केही बोलेनन् । प्रतिनिधि सभा सदस्य प्रधानले पुर्वराजाको भ्रमणले यस क्षेत्रको महत्व झनै बढेर गएको बताउँदै बर्दघाटे कालिका मन्दिरको पनि विकास र प्रर्वद्धन हुने विश्वास व्यक्त गरे । प्रधान केहि दिन देखि पुर्वराजाको भ्रमणको तयारीमा खटिदै आएका थिए । सो क्रममा स्थानीय तहले समेत पुर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए । स्थानिय तहको तर्फ देखि मायाको चिनो प्रदान गर्नेमा रामग्राम नगरपालिकाका कार्यवहाक नगर प्रमुख सम्झना चौधरी, सरावल वडा नम्बर ३ का वडाअध्यक्ष फिरंगि चौधरी लगायत रहेका थिए ।

बर्दघाटे कालिका मन्दिर यस क्षेत्रकै पुरानो मन्दिरको रुपमा रहेको छ । सो मन्दिर कहिले स्थापना भयो भन्ने एकिन नभएपनि एक सय वर्ष भन्दा पनि पुरानो रहेको मन्दिरका महन्थ सुदामा दासले जानकारी दिए । उक्त मन्दिरमा चैत्र नवमीमा भव्य मेला लाग्ने गर्दछ । मन्दिरमा भाकल गरे पुरा हुने जनविश्वास रहेको छ । भाकल पुरा भएकाहरुले मन्दिरमा आई हात्तिको प्रतिमा स्थापना गर्ने गर्दछन् ।

भैरहवालाई मुकाम बनाएर दुई साता देखि यस क्षेत्रमा रहँदै आएका पुर्व राजा आज पुनः भैरहवा फर्किएका छन् । उनलाई १९ गते भैरहवामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । विशेषगरी व्यक्तिरुपमा भेटघाटमा पुर्व राजा सक्रिय देखिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?