ट्रेंडिंग:

>> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

समाजवादी युवा संघ लुम्बिनी प्रदेशको अध्यक्षमा विकास यादव

१५ पुष २०८०, आईतवार
१५ पुष २०८०, आईतवार

भैरहवा, १५ पुस ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी युवा संघ नेपाल लुम्बिनी प्रदेशको पुर्नगठन भेला शनिबार कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । भेलाले रुपन्देहीका विकास यादवको अध्यक्षतामा ३१ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा चयन भएका यादवले यसअघि कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

७ वर्षदेखि जसपाको विभिन्न पदमा रही काम गर्दै आएका युवा नेता यादव विभिन्न संघ संस्थामा समेत आबद्ध छन् । उनी लियो क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष हुन् । उनी नमो बुद्ध सोसाइटीको अध्यक्ष, श्री जनचेतना माध्यमिक विद्यालय व्यवस्थापन समिति मायादेवी–८, रुपन्देहीको सदस्यलगायत जिम्मेवारीमा छन् । अध्यक्षमा चयन भएका यादवले पार्टीसँग समन्वय गर्दै युवाहरुलाई अघि बढाउने खालको कार्यक्रम गर्ने बताए । प्रदेश समितिको उपाध्यक्षमा विरेन्द्र बनिया (बर्दिया), राकेश यादव (कपिलवस्तु), मुख्य सचिवमा राजु यादव (नवलपरासी), सचिवमा अस्फाक अहमद (कपिलवस्तु), वसन्त प्रकाश यादव (दाङ) र कोषाध्यक्षमा सुनिता हरिजन (रुपन्देही) रहेका छन् । त्यस्तै सदस्यहरुमा विकास मौर्य दिवाकर यादव, मिना कुमारी गुप्ता, राकेश ठाकुर, लक्ष्मीना मल्लाह (रुपन्देही), विज्ञान यादव (दाङ), कौशल नागवेशी, सुग्रीम यादव, बब्बु सिंह, रोहित यादव, अब्दुल सहिद, नरेश कुमार चौधरी, रामवृक्ष यादव (क), रामवृक्ष यादव (ख) (कपिलवस्तु), अजय गुप्ता, हृदेश गुप्ता, शैलेश चौहान, श्याम प्रकाश यादव, श्यामलाल चौहान (नवलपरासी), अश्विन पौडेल, प्रहलाद गोडिया र सुरेश यादव (बर्दिया) रहेका छन् ।

नवगठित समितिलाई समाजवादी युवा संघ, नेपालका केन्द्रीय महासचिव दिलिप पटेलले सपथग्रहण गराएका थिए । समाजवादी युवा संघ नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष विकास यादव,  संघका केन्द्रीय अध्यक्ष संजीव यादव,  जसपाका केन्द्रीय सदस्य महेन्द्र यादव, रेनु राज सिंह लगायतले बोलेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?