© २०२३
चन्द्रौटा(कपिलवस्तु), १४ पुस ।
पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका– ३ खरेन्द्रपुर चौराहामा निर्माण गरिएको शालिक शनिबार शाहले अनावरण गरेका हुन् । खरेन्द्रपुर स्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ पछि उनले शालिक अनावरण गरेका थिए । पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए ।
पूर्व राजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गरेका थिए । कार्यक्रममा सहभागीहरुले राजतन्त्रको पक्षमा नाराबाजी लगाएका थिए । शिवराज नगरपालिका नगरप्रमुख अजय थापाले पूर्वराजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यास हुन आफैमा ऐतिहासिक क्षण रहेको बताए । शिवराज नगरपालिकाको २५ लाखको लागतमा निर्माण गरिएको शालिक उनले अनावरण गरिएको जनाइ
एको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी