© २०२३
पाल्पा, ११ पुस ।
तानसेन खानेपानी उपभोक्ता समितिको निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको छ । यही पुस १४ गते हुन लागेको समितिको निर्वाचनका लागि मंगलबार चार जनाले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
अध्यक्ष र सचिव बाहेका पदमा एक मात्र उम्मेद्वारी परेपछि उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य निर्विरोध भएका हुन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि प्रज्ञासागर शाक्य, भुगोलप्रसाद बैजु, राजु महर्जन र मोहनप्रसाद श्रेष्ठको मनोनय दर्ता भएको छ । सचिवमा दुई जनाको उम्मेदवारी परेको छ । जसमा प्रेम बहादुर मल्ल र विष्णुबहादुर कार्की रहेका छन् ।
निर्बिरोध हुनेहरुमा उपाध्यक्षमा लालमने अदै पुन, कोषाध्यक्षमा सुशिला श्रेष्ठ कर्माचार्य, सह–सचिव विर्जु खाती र खुला सदस्यमा बसन्त कुमार गहतराज, महेन्द्र खाती, रेनुका बस्याल, महिला सदस्यमा फूलमाया सुनारी रहेका छन् ।
पुस ११ गते उम्मेदवार विरुद्ध दावी विरोध पेस गर्ने, १२ गते उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिई समितिले अन्तिम नामावली प्रकाशन गर्ने र १४ गते निर्वाचनको तालिका तय गरेको प्रमुख निर्वाचन अधिकृत दुर्गा बहादुर थापाले जानकारी दिए ।