© २०२३
बुटवल ।
नेपाल कम्युनष्ट पार्टी ( माओवादी केन्द्र ) रुपन्देही–गुल्मी सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न भएको छ । शनिबार बुटवलमा भएको भेलाले डा.कृष्ण खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ । नव गठित पदाधिकारीहरु गुल्मीका सबै स्थानिय तहबाट समेटेर चयन भएका छन। सचिव हरि पौडेल सर्वसम्मत चयन भएका छन भने १७ सदस्यीय सचिवालय गठन भएको छ ।
कार्यक्रमलाई संबोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य गणेश मान पुनले नव गठित समितिले जनताका मुद्दाहरुमा नजिकबाट नियाल्ने र बिशेष निगरानी बढाउने बहस गर्ने सँगै आवश्यक सहजीकरण गरी पार्टीलाई सहयोग गर्ने खाल्को बलियो समिति बनाउन निर्देशन दिए । उनले यस समितिले पार्टी र दुई जिल्लालाई जनतासंग जोड्ने पुलको काम गर्न र जनपक्षीय काम गर्न समेत सुझाव दिए ।
त्यस्तै कार्यक्रममा रुपन्देही जिल्ला संयोजक निर्मल जिसिले समिति निर्माण गर्नुको उद्देश्य माथि प्रकाश पार्दै रुपन्देही र गुल्मीको पार्टीसँग समन्वयकारी भूमिका बढाउने यस समितिको मुख्य काम रहेको बताए । उनले भने, “गुल्मीको बिभिन्न कला संस्कृतको पनि जगेर्ना गर्ने र गुल्मीको पहिचानलाई पनि प्रचार गर्ने पनि यो समितिको भूमिका हुनेछ ।” जिसीले पार्टीका समर्थक र शुभचिन्तक लगायत सबै छुटेका साथीहरुलाई पार्टीमा जोड्ने र कोही पनि साथीहरु कमिटी बिहिन नहुन भन्ने उद्देश्यले रुपन्देहीको पार्टीले यो समिति गठन गरेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र) निकट गुल्मीमा घर भई हाल रुपन्देही जिल्लामा बसाई सराई गरी आएका र मतदाता नामावली पनि रुपन्देहीमै रहेकाहरु मात्रै उक्त समितिमा आवद्ध रहेका छन् । बिभिन्न क्षेत्रको नेतृत्व गरिरहेका नेतृत्व पङ्क्ति सबैलाई समेट्ने गरी पार्टीलाई सहयोग गरेका बिभिन्न पेशा व्यवसायमा संलग्न सबैलाई जोड्ने गरी समिति गठन गरिएको लुम्बिनी प्रदेश सचिवालय सदस्य रिज्जु श्रेष्ठले बताईन् । श्रेष्ठले नव नवगठित समिति रुपन्देही पार्टीको बलियो खम्बाको रुपमा उभिने र रुपन्देहीको पार्टीसँग समन्वय गरी सहकार्य गर्ने बताइन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी