ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

भूकम्प प्रभावित सहपाठीलाई विद्यार्थीद्वारा आर्थिक सहयोग

६ पुष २०८०, शुक्रबार
६ पुष २०८०, शुक्रबार

दाङ, ६ पुस ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको पद्मोदय पब्लिक नमूना मावि भरतपुरमा अध्ययनरत विद्यार्थीहरुले भूकम्प प्रभावित सहपाठीलाई आर्थिक सहयोग गरेका छन् । गत कात्तिक १७ गते गएको भूकम्पमा परी पद्मोदय माविमा अध्ययनत जाजरकोट, रुकुम पश्चिम, सल्यानका विद्यार्थीहरुको घरमा भएको क्षतिमा थोरै भएपनि महलम लगाउन विद्यार्थीहरुको पहलमा संकलित रकम शुक्रबार विद्यालयमा एक कार्यक्रम गरि सहयोग हस्तान्तरण गरिएको हो ।

विद्यालयमा गठित शिक्षक विद्यार्थी समन्वय समिति संयोजक एन्जिला घिमिरेले सहपाठीहरु विपतमा परेर भौतिक र मानवीय क्षति व्यहोर्नुपरेको बेलामा मानवीय भावनाका साथ आफुहरुको खाजा खर्च कटाएर संकलन गरेको २५ हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिइन् । भूकम्पबाट प्रभावित ४८ जना अध्ययनरत मध्ये बढी प्रभावित भएका परिवारका ५ जना विद्यार्थीहरुलाई जनही पाँच हजार रुपैयाँका दरले हस्तान्तरण गरिएको उनले जानकारी दिइन् । आफ्नै सहपाठीहरु पीडामा भएको बेला सबै मिलेर सहयोग गर्नुपर्छ भन्ने प्रस्ताव शिक्षकहरुलाई गरेर १५ दिनको अवधिमा सहयोग जुटाएको संयोजक घिमिरेले जानकारी दिइन् ।

विद्यालयमा अध्ययनरत धनसरा रावत, दण्डबीर बिटालु, विवेक वली,सुबिधा महतारा र गगन बस्नेतलाई वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापकलगायतको उपस्थितिमा जनही पाँच हजार नगद हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले पालिकाबाट एक दिनको तलब कटाएर घोराहीले पनि सहयोग गरेको र सबैले सहयोग गर्नुपर्ने बताए । यो अभियानमा विद्यार्थीबाट भएको मानवीय कार्यको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास चौधरीले विद्यालयमा सिकेको ज्ञानलाई मानवीय भावनाका साथ व्यवहारमा उतारेर गरिएको सहयोग अनुकरणीय रहेको बताउनुभयो । भूकम्प प्रभावितहरुका लागि विद्यालयले शिक्षक, कर्मचारीहरुको एक दिनको तलब सहयोग गर्ने निर्णय भएको जनाए ।
शिक्षक अभिभावक संघका अध्यक्ष विश्वराज आचार्यले रकमका दृष्टिकोणले सहयोग थोरै मानिए पनि भावनात्मक रुपमा यो काम निकै ठूलो भएको बताए । एउटालाई परेको दुखमा अर्काले साथ, सहयोग गर्नुपर्छ भन्ने विचारलाई व्यवहारमा उतारेर व्यवहारिक शिक्षा विद्यार्थीबाट प्रस्तुत हुनु सराहनीय काम भएको बताए ।
विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतले विद्यार्थीहरुको सेवाभावको कामको विद्यालयले उच्च मुल्यांकन गरेको बताउनुभयो । समाजमा सुखदुखमा मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश विद्यार्थीहरुले देखाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?