© २०२३
चन्द्रौटा(कपिलवस्तु), ४ पुस ।
लुम्बिनी प्रदेश वन निर्देशनालयका प्रमुख दधिलाल कँडेलले क्यामेरा ट्रयाप विधि प्रयोग गर्दा वन जोगाउन प्रभावकारी हुने बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाको शिवपुरमा बुधबार आयोजित एक कार्यक्रमका बीच अनुगमन कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
साझेदारी तथा सामुदायिक वनको सरोकारवालाहरुको कार्यक्रममा प्रभावकारीताका बारे बताउँदै यस्तो विधिले वन संरक्षण टेवा पुग्ने समेत उनले जिकिर गरे । अपराधिक क्रियाकलापमा समेत न्यूनीकरण हुनुको साथै काठ तस्करमा कमि आउने भएकाले यो विधि अत्यान्तै प्रभावकारी हुने उनको भनाई छ ।
यसैबीच विश्व वन्यजन्तु कोष नेपालका वन्यजन्तु बिज्ञ सशांक पौडेलले यस क्षेत्रमा बाघको संख्या पत्ता लगाउन तथा कस्ता किसिमका कुन बाघका प्रजाती छन् त्यसको एकिङको लागि यो विधि अपनाउन थालेको बताए । उनले यो विधि प्रयोग गर्दा वनमा अन्य कुन कुन प्रजातिका वन्यजन्तु रहेको तिनको समेत पहिचान हुने र संरक्षणका लागि सहज हुने दावी समेत गरे ।
कपिलवस्तु साझेदारी बनका अध्यक्ष गंगेशनाथ तिवारी, डिभिजन वन अर्घाखाँचीका सहायक वन अधिकृत मोती पोख्रेल, डिभिजन वन कपिलवस्तुका प्रमख विजयराज सुबेदी, जिल्ला वन कार्यालय दाङका प्रमुख राजु क्षेत्री लगायतले सुझाएका थिए । दाङ, कपिलवस्तु र अर्घाखाँचीको सितगंगाको वन क्षेत्रमा यो विधि प्रयोग गर्ने डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) ले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी