© २०२३
लमही ,२७ मसिर ।
दाङको लमही नगरपालिका तीन वर्षमा २ सय २० वटा खरका छना विस्थापित भएका छन् । नेपाल सघन शहरी तथा भवन निर्माण योजनाको आर्थिक सहयोगमा लमही नगरपालिकाबाट संचालित खरको छाना युक्त अभियान अन्तर्गत लमही नगरपालिका भित्र दुई सय वीस वटा घरमा खर फालेर टिनको छाना लगाउने कार्य सम्पन्न भएको छ ।
तीन वर्षको अवधिमा २ सय २० वटा घरमा टिनको छाना लगाउने कार्य सम्पन्न भएको लमही नगरपालिका योजना शाखा प्रमुख सुनिता पोख्रेलले जानकारी दिइन् ।
नगरपालिकाको वडा नम्बर १ देखि ९ नम्बर सम्म १ हजार घरमा खरको छना रहेको नगरपालिकाका मेयर जोराज चौधरी बताउँछन् । जस मध्ये २ सय २० घरमा टिन लगाएर सकिएको छ भने ७ सय ८० घरमा टिन लगाउने कार्य भैरहेको नगरपालिका प्रमुख चौधरीले बताए । केही घरमा टिन लगाउने क्रम सकिएको र केहीमा भैरहेको छ । बाँकी रहेका घरमा आर्थिक बर्ष २०८०÷८१ मा सम्पन्न हुने योजना रहेको उनले बताए ।
सरकारले विपन्न, असहाय र सिमान्तकृत समुदायहरूको पहिचान गरी उनीहरुको घरमा टिनको छाना लगाएर खरको छानालाई विस्थापित गर्ने लक्ष्य लिएको छ । सोही अनुसार नेपाल सघन शहरी तथा भवन निर्माण योजनाको आर्थिक सहयोगमा लमही नगरपालिका भित्र बसोबास गर्ने विपन्न, असहाय र सिमान्तकृत समुदायहरूको घरमा खरको छाना हटाएर टिनको छाना लगाउने काम भैरहेको हो ।
बितेको तीन वर्षमा नेपाल सघन शहरी तथा भवन निर्माण आयोजनाले प्रति घरका लागि ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । अब यस आर्थिक वर्ष २०८०÷८१ बाट प्रति घर ७५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी