© २०२३
दाङ, २६ मङ्सिर ।
ज्ञानसिन्धु कलेज घोराही दाङका कानुन संकायमा अध्ययनरत कक्षा ११ र १२का विद्यार्थीहरुले उच्च अदालत तुलसीपुरको अबलोकन गरेका छन् । अदालतका रजिस्ट्रार खड्गराज अधिकारी, शाखा अधिकृत कृष्णप्रसाद आचार्य समेतका अधिकृतहरुबाट उच्च अदालत तुलसीपुरको क्षेत्राधिकारको बिषयमा जानकारी गराउनुका साथै बिद्यार्थीहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए । अवलोकनका क्रममा विद्यार्थीहरुले ईजलास कक्षको अवलोकन गरेका थिए । मुद्दाका पक्षहरुको तर्फबाट कानून व्यबसायीले गर्ने बहस गर्ने स्थानको अबलोकन गरेका थिए । उच्च अदालतले मुद्दाको सुनुवाई गर्दा अबलम्बन गरिने कार्यबिधि लगाएतका थुप्रै बिषयमा त्यहाका रजिस्टारले जानकारी गराएका थिए ।
उच्च अदालत बार ईकाईका बरिष्ठ अधिवक्ताहरुसंग मुद्दाको मस्यौदा लेख्दा अबलम्बन गरिने कार्यबिधि र बिचार पुर्याउनु पर्ने बिषयमा समेत खुलेर छलफल गरेका थिए । विद्यालयका प्रधानाध्यापक तथा राप्ती शिक्षा क्याम्पसका क्याम्पस प्रमुख हुकुम बहादुर बुढाथोकी लगायतको उपस्थिती रहेको थियो । कनुनका विद्यार्थीले अदालत अवलोकनबाट अदालतको कार्यविधि नजिकबाट नियाल्न पाएको अनुभव सुनाएका थिए । कार्यक्रमको सहजीकरण शाखा अधिकृत राजेन्द्रकुमार शर्माले गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी