© २०२३
लमही ,२५ मसिर ।
नदीजन्य पदार्थ नियन्त्रण गर्न गएको लमही नगरपालिकाका नगर प्रहरी छवि चौधरी, बिनोद शर्मा र चालक मेघराज गिरीमाथि हातपात भएको छ ।
लमही नगरपालिका –४ को बुट्कहवा राप्ती घाटमा राती आठ बजे बालुवा चोरी गर्दै गरेको रा १ त ४४३४ नम्बरको ट्याक्टरलाई नियन्त्रण गर्न लाग्दा उनिहरुमाथी हातपात भएको लमही नगरपालिका–१ का वडा अध्यक्ष दामोदर पौडेलले जानकारी दिए ।
आक्रमण गरेको आरोपमा नौ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङक प्रहरी प्रमुख एसपी राम बहादुर केसीले जानकारी दिए ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका–५ का मनिराम चौधरी, सन्दीप चौधरी, संजिप चौधरी र निरज चौधरीलाई अभद्र ब्यबहारको कसुरमा मुद्दा प्रक्रिया अघि बढ्ने एसपी केसेली बताए । बाँकी मनिरामको लहलहैमा आएको रहेछन उनीहरुलाई सम्झाई बुझी छाड्ने पनि एसपी केसीले बताए ।
मनिराम सहित अन्य चारजनलाई हिजै अभद्र व्यबहारको मुद्दा दर्ता गरि कानूनी कारबाही प्रक्रिया अगाडी बढी सकेको छ ।
लमही नगरपालिका –२ को राप्ती घाटमा गिट्टी बालुवा चोरि हुदैछ भन्ने गोप्य सुचनाको आधारमा त्यहाँ पुगेको लमही नगर प्रहरी र चालक माथि आक्रमण भएको हो। ट्याक्टरमा बालुवा लोड गरि लैजान लागेको अवस्थामा उक्त ट्याक्टर छोडेर चालक र बालुवा लोड गर्ने मजदुर भागेपछि नगरपालिकाको गस्ती टोलीले नियन्त्रणमा ल्याएको थियो । नियन्त्रणमा ल्याएको ट्याक्टरलाई प्रहरीलाई बुझाउन ल्याउने क्रममा मनिराम चौधरीले अन्य गाउँका युवाहरु बोलाएर ज्यान लिने उदेश्यले आक्रमण गरेको लमही नगरपालिकाका चालक मेघराज गिरीले बताए ।
चालक गिरीका अनुसार नौ जनाको समूह बनाएर आएको उक्त टोलिले सावेल, बेल्चा जस्ता घरेलु हतियारले प्रहर गरेका थिए । मलाई हातपात गर्न लागेपछि हाम्रो टोलि ब्याक भयो, उनीहरुले मलाई लछार पछार गरे, बेल्चाले मेरो टाउकोमा प्रहार भयो तर मैले बेल्चा समातेपछि चोट लाग्न बाट बचे’ गिरीले भने । दुइ पक्षविच हातपात र लछार पछार हुँदा लमही नगरपालिकाका चालक गिरीको तीन तोलाको सुनको सिक्री हराएको उनले बताए ।