© २०२३
बुटवल, १९ असोज । एभरेष्ट बैंक लिमिटेडले फोन पेयसंगको सहकार्यमा नेपाल अटो तथा ई–रिक्सा यातायात प्रा.लि.मा आवद्ध सम्पुर्ण सदस्यहरुलाई क्युआर कार्ड हस्तान्तरण तथा वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ । मणिग्रामस्थित लुम्बिनी कृषि उपज थोक बजार परिसरमा कार्यक्रमको औपचारिक रुपमा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवि चौधरीले तिलोत्तमा अटो/टेम्पो ब्यवसायी संघका अध्यक्ष सोभाकान्त भुषाललाई क्युआर कार्ड हस्तान्तरण गरिन । नगद बोकेर हिड्दा जोखिमका धेरै घटनाहरु भएको उदाहरण सुनाउदै विद्युतिय प्रविधिको प्रयोगबाट धेरै उपयोगी हुने उनले दाबी गरिन । तिलोत्तमा नगरबाट एउटा अभियानका रुपमा यो शुभारम्भ भएको भन्दै यसलाई साथ दिन आग्रह गरिन । श्रमिकलाई सम्मान हुने गरि बैकबाट चलाएको कार्यक्रमलाई अझ परिमार्जित गर्दै नागरिकलाई उद्यमी, ब्यवसायी बनाउने गरि बैकबाट आवश्यक सहयोग गर्नेतर्फ पनि कार्यक्रमहरु चलाउन उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैक सिद्धार्थनगरका प्रमुख सत्येंद्रराज सुवेदीले नेपालमा विद्युतिय माध्यमबाट पेयमेन्ट गर्ने प्रविधि छोटो समयमा राम्रो परिणाम दिन सफल भएको बताए । विश्वमा भएको प्रविधि विकासलाई हेर्दा नेपाल धेरै पछि रहेको भन्दै प्रविधिमा देखिने सानातिना कमिकमजोरी र समस्यालाई समाधान गर्दै अगाडी बढ्नुपर्ने बताए । विश्व नै क्यासलेस समाज बन्दै गएको उनले बताए । आम नागरिक जनताले अपनत्व गरेको यो प्रविधिलाई सबल, सक्षम, भरपर्दो बनाउने गरि अघि बढ्नुपर्ने बताए । नगदलाई घटाउने गरि यो अभियान चलेको उनले बताए । नोटको कारोबारमा स्वस्थ्यका हिसाबमा समेत अत्याधिक भाईरस, ब्याक्टेरिया प्रसार हुने माध्यम भएको हुदा यसलाई रोक्न आवश्यक रहेको बताए । अर्कोतर्फ ठूलो खर्च गरेर नोट छाप्नुपर्ने हुदा पनि १० सौ बर्षदेखि थन्किएका ठूलो परिणामको नोटलाई यो दशैमा उपयोग गर्न उनले सुझाव दिए । ‘यो दशैमा नया नोट हैन, सफा नोट अभियान ब्यवहारमा उतारौ ।’— उनले भने । बित्तिय चेतना अघि बढाउनु आजको आवश्यकता रहेको भन्दै नोटको सुरक्षामा ध्यान दिनुपर्ने बताए । सामान्य अर्थमा बुझ्दा पैसा सम्बन्धि जानकारी दिने काम बित्तिय साक्षरता भएको भन्दै उनले समयसामेक्ष पासबुक हुँदै डिजिटल कार्डसम्म पुगेको बताए ।
कार्यक्रममा फोनपेयका सिईओ दिवस कुमार सापकोटाले डिजिटल पेयमेन्टको महत्व बढ्दै गएको बताए । क्युआर कार्डको शुभारम्भ जापानमा भएको भन्दै नेपालमा छोटोसमयमा प्रयोगकर्ता र कारोबार बढ्दो रुपमा रहेको बताए । अहिले २८ अर्बको मासिक कारोबार नेपालमा हुने गरेको बताए । करीब १३ लाख ब्यवसायीहरु डिजिटल प्रविधिको प्रयोग गरिरहेको उनले बताए । अहिले डिजिटल पेयमेन्टको महत्व बढेको भन्दै यसबाट एउटा रेकर्ड तयार हुने हुदा पनि सानासाना कर्जाको लागि समेत यो भविष्यमा उपयोगी हुने दाबी गरे । ब्यवसाय प्रर्वद्घनमा यो प्रविधि सहयोगी सिद्घ भएको तथ्याकमा अगाडि रहेको छ । लुम्बिनी प्रदेश काठमाडौं पछिकै दोस्रो धेरै क्युआर कार्ड प्रयोग गर्ने र डिजिटल पेयमेन्ट चलाउनेमा पर्ने उनले बताए । डिजिटल पेयमेन्टलाई जोखिम रहित बनाउने गरि यसबारे बुझ्ने जरुरी रहेको उनले बताए ।
कार्यक्रममा तिलोत्तमा अटो÷टेम्पो ब्यवसायी संघका सचिव खड्ग बहादुर ओलीले आर्थिक चपेटामा गुज्रिरहेको बेला सानो सानो कारोबार गर्ने ज्यालादारी गर्नेहरुलाइ उपयोग हुने गरि अभियान महत्वपुर्ण भएको बताए । थोरै थोरै रकमलाई बैकिङ कारोबारमार्फत रकम संकलनको अभियान चलाउने रुपमा यो कार्यक्रम भएको बताए । अटो चालकहरु नया प्रविधि अनुसार चल्न जरुरी रहेको भन्दै २१ औ शताब्दी अनुसारको यो अभियान भएको बताए । स्थानिय पालिकामा दर्ता गर्ने, मर्दादित, अनुसासित, बित्तिय रुपमा साक्षर बन्ने गरि अघि बढ्न जरुरी रहेको बताए ।
एभरेष्ट बैकका प्रदेश प्रमुख लव प्रसाद कुइकेलले राष्ट्र बैककै नीतिलाई कार्यान्वयन गर्ने रुपमा तिलोत्तमा नगरपालिकाबाट ईरिक्सा ब्यवसायीहरुलाई क्युआर कार्ड वितरण एउटा शुरुवात भएको बताए ।
कार्यक्रममा एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले ‘थोरै भएपनि बचत गरौ ।’ भन्ने नारा बोकेर आम नागरिकको बचत सुरक्षित र लगानीमा सहयोग गर्ने गरि आफुहरु काम गर्दै आएको बताए । यसको बढिभन्दा बढि प्रयोग भएमात्र सफल हुने भन्दै उनले सानासाना जागरणका कामबाट सरकारलाई मद्दत मिल्ने दाबी गरे ।
कार्यक्रममा तिलोत्तमा वडा नं ५ का वडाअध्यक्ष रमेश डुम्रे, लुम्बिनी कृषि उपज थोक बजार, मणिग्रामका भिमकान्त पन्थी एभरेस्ट बैंक लिमिटेड, मणिग्राम शाखाका प्रबन्धक बिमल भुसालले बैक तथा बित्तिय संस्था आम नागरिकको दैनिकीसंग जोडिने गरि कार्यक्रमहरुलाई अगाडी बढाउदै लैजानुपर्ने बताए ।