Butwal Today

सरकार काम गरेर देखाउ, जनताको मन जित

९ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

बैदेशिक हस्तक्षेपको अन्त्य नभएसम्म देशमा सुधार आउँदैन । सत्ता र शक्तिको ओहदामा वस्नेहरू जनताका भावना र चाहनालाई वेवास्ता गरी विदेशी शक्तिको इसारामा चल्न थाले भने देशले गुहार पाउँदैन । देशले गुहार नपाएपछि देशको मुहार फेरिन्न । देशको मुहार नफेरिए पछि जनताका अनुहारमा आँशु छचल्किन्छन् । जनतालाई रुवाएर सुशासनको दुहाई दिनु बेइमानी हो । मान्छे भएर इमानले चल्नुपर्छ, त्यसमा पनि जनआकांक्षालाई साकार गर्ने काममा लागिरहनेछौं भन्ने प्रतिज्ञालाई वाचापत्रमा नै उल्लेख गरेर सार्वजनिक गरेको सरकारका कुनैपनि मन्त्रीहरू आ– आफ्ना बाचा कबूलबाट पछि हट्न कदपि हुनेछैन । त्यसो भयो भने देशमा अनर्थ हुनेछ । बदमासी गरेकाहरू पुरस्कृत हुने र इमान्दारिताका साथ काम गरेकाहरू दण्डित हुने अवस्था आउने छ । विकासका कुरा नेताहरूका हावादारी गफ वन्ने छन् । जब अपेक्षित विकास हुदैन भने दरिद्रताको निरपेक्ष तह भन्दा मुनिरहन वाध्य भएका लाखौं लाख नेपालीहरूको अवस्था झन दयनीय हालतको वन्ने छ । मध्यम वर्ग निलम्बन वर्गमा खस्कने छ । भ्रष्टाचारीको खबरले विकास परियोजनाहरू भोटेकोसीको बाढीमा महलहरू ढले जस्तै गल्र्याम गुर्लुम वन्नेछन् । यस्तै मौकामा चौका दाउ हान्न स्वदेशी र विदेशी दुवैखाले तस्कारहरू जुका लागे झै जाग्नेछन् । त्यसकारण राज्य सत्ताको लगाम हातमा लिएकाहरू कोही पनि सुतेर नवसुन् । हिन्दीमा एउटा कहावत छ– जागते रहो जागते रहो । राज्य सत्ता भनेको सेना, अदालत र संसद हो । नेपालमा यी तिनै निकायहरू अत्यन्तै कमजोर प्रकृतिका छन् । घटनाक्रमहरूले यही सावित गर्दछन् । राजदरवार हत्या काण्डदेखि गत वर्ष भाद्र २४ को अग्नि काण्ड तथा अन्य प्रसंगमा पनि सेनाका व्यारेकमा विदेशी शक्ति केन्द्रका अधिकारी यो वा त्यो वहानामा प्रवेश गर्नु र विभिन्न किसिमका सूचना संकलन गर्दै हिड्नुले यसको पुष्टि हुन्छ । त्यस्तै हाम्रा अदालतहरूको भूमिका पनि अत्यन्तै टिठलाग्दो छ । न्याय मूर्तिहरू माथि राजनीतिक हस्तक्षेपको कारणले अधिकांश न्यायाधीशहरू नेताका इसारामा चल्न वाध्य छन् भन्ने टिका टिप्पणीहरू आइरहन्छन् । संसदको त कुरै छाडौं कहिल्यै नटुंट्ने गाइ जात्रा संसद हलमा देख्न पाइन्छ । यी तिनै अङ्गहरू राज्यसत्ताका मुहान हुन् । जब मुहान नै धमिलो हुन्छ भने त्यही मुहानबाट बग्ने पानी पनि धमिलो हुन्छ । यो स्वाभाविकै हो । राजनीतिको आवरणमा अराजनीतिक कृयाकलापले अङ्ग गुमाएको छ भन्ने कुराको दृष्टान्त माननीयको पगरीगुथेका जोकरहरूको संसदमा चर्तिकला हेरे हुन्छ । राष्ट्रिय मर्यादा जोगाउने नाममा सार्वभौमिकता र राष्ट्रिय सम्मानमा आँच आउने अभिव्यक्ति दिने अर्थमन्त्री स्वर्णिमका मन्तव्यहरूलाई जति धिक्कारे पनि कमै हुन्छ । हालै आफू भारत भ्रमणमा गएको बेला भारतीय सत्ताधारी दल विजेपीबाट चल्ने गरेको भन्ने कुरा संचार माध्यममा अब नेपालमा भरत विरोधी राष्ट्रबादको युग समाप्त भयो भनेर जे बोले त्यस वोलीभित्र लुकेको गूढ अर्थ अत्यन्त खतरनाक छ । नेपाल कहिल्यै पनि भारत विरोधी छैन र हुन पनि चाहन्न तर भारतीय शासकहरूले नेपाललाई हेर्ने हेपाहा दृटिकोणको प्रतिकार गर्नु नेपालको अधिकार हो । नेपालले आफ्नो भू – राजनीतिक यथार्थ सत्यलाई दृष्टिमा राखेर भारतसितको सम्वन्धमा आफ्नो दृष्टिकोण राख्नुपर्दछ । अनावश्यक विरोध र चाकरी दुबै घातक छन् । नेपाल जहिलेपनि भारतको सराहना गर्ने तर भारतले भने जहिलेपनि नेपालप्रति हेपाहा दृष्टिले व्यवहार गरेर निरासाको वातावरण जन्माउँछ । नेपालले सदाकाल पूरा इमान्दारी तथा निष्ठाको मौका दिलाओस् । हाम्रो माग यत्ति छ । यो सरकारले सुरुका दिनहरूमा जनसमक्ष प्रस्तुत गरेका बाचापत्र अनुसार अत्यन्त्तै प्रशंसनीय थिए । ती कार्यक्रमहरूले अझैपनि वहुसंख्यक नेपाली जनताको हृदयमा ठूलो आशा र भरोसा सिर्जित गरेकै छन् । तैपनि ती लक्ष्य र कार्यक्रम अनुरूप फटाफट काम भैरहेको छैन । प्रशासनिक निकायहरू पहिलेकै जस्ता चौपट वन्न थालेका छन् । बालेनको डरले सुरु सुरुमा जति चुस्त थिए, अहिले त्यो सेलाउदै गएको छ । ठिक ठिक समयमा आफ्नो दायित्व पूरा गरेको देख्न कठिन हुँदैछ । पूर्ववर्ति सरकारहरूको पालामा नीति एउटा हुन्थ्यो, व्यवहार त्यसको ठीक विपरित देखिन्थ्थ्यो । के.पी ओलीले म आफू पनि भ्रष्टाचार गर्दिन अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न भनिरहन्थे, व्यवहारमा सेटिङ्ग मिलाएर भ्रष्टाचार गर्ने उनै नम्वर एक ठहरिएको जनमानसको बुझाई छ । प्रचण्ड र शेरवहादुरको बोली कस्तो हुन्थ्यो र व्यवहार कस्तो रहेछ भन्ने उनीहरूको घरमा जलेको नोटका खरानीको थुप्राहरूको उदाहरणले आफै वताइरहेका छन् । जनताका आवश्यकता र आकांक्षाहरू प्रधानमन्त्री बालेन शाहका कडा एवं खरा स्टाटस र पार्टी सभापति रवि लामिछानेका शब्दले नै सम्बोधन जगाइदिने भाषण र वक्तब्यबाट पूरा हुदैनन् । ठोस ठोस कामबाट मात्र पूरा हुन्छन् । त्यसैले निश्चित समय अवधिभित्र ठोस ठोस काम गरेर जनताको मन जित हो सरकार हामीले दिने सल्लाह यही हो ।
जुनसुकै सरकार आएपनि देशमा अपराधी माथि कानुन अनुसार दण्ड सजाय र भ्रष्टाचारको नियन्त्रण, नागरिक समाजमा अमनचैन र देशको विकास चाहिएको छ । आम जनतालाई सिद्धान्त्त र दर्शनको केही मतलव छैन । सम्पूर्ण नेपाली समाजलाई तपसिलका कुरामा न अल्मल्याएर एकमना भावले विकासको दिशामा जो हो ल्याउने जनआवाजलाई कदर गर्ने सरकार जनताको चाहना हो । यही चाहना पूरा हुने आशाको उपज हो यो सरकार । यो सरकारले पनि आफ्ना वाचा कवूल विस्र्यो र ती वाचा कवूलमाथि, बेइमानी गरियो भने जनताले त्यसै छोड्ने छैनन् । विकास विकास भनेर प्रचण्ड, ओली र शेरवहादुरले जस्तो निरर्थक लंका पिटेर हुदैन, अब विकासको परिणामहरू जनताको जीवनस्तरलाई माथि उठाइएको अवस्थाको रूपमा देख्न र भोग्न पाउनुपर्छ । पंचायत कालमा एउटा गीत निकै प्रसिद्ध थियो– काम गर्ने भोकै छ, गरिव यहाँ रोकै छ, हाँसीरहे सामन्त । यसको मतलब पञ्चायत कालमा सामन्तहरूको रजगज थियो । जनताको अवस्था निरीह छ । वहुदल कालमा नेताहरूको रजगज चल्यो । जनताको अवस्थामा सुधार आएन । गणतन्त्र कालमा पनि नेता, भष्टाचारी, ठूला व्यापारी र तस्कर माफियाहरूको झन् ठूलो साम्राज्य फैलियो । जनता धमाधम आत्मदाह गर्दै मर्दैछन् । यो सरकारले सम्पत्ति शुद्धिकरण अध्यादेश २०८३ ल्याएर त्यसलाई राष्ट्रपतिबाट प्रमाणिकरण पनि गराइसकेको छ र कानुन हात्तीको जस्तो देखाउने दाँत वन्नु हुँदैन । करदाताको पसिना चुसेर, जनताको पेट काटेर मात्र भूमिप्रति गद्दारी गरेर विकासका मार्गहरूलाई अवरुद्ध गरेर अचूक समपत्ति कमाएकाहरूको एक एक श्रोत पत्ता लगाई श्रोत नखुलेको सम्पत्ति जफत गरियोस् । यही सम्पत्तिबाट विदेशी ऋण तिरियोस् । विदेशी भ्रमणबाट देशलाई मुक्त बनाएपछि विदेशलाई वर्षेनी तिर्नुपर्ने अरवौको ऋण वचत हुन्छ । त्यही बचत हामीले उद्योगमा लगाउने नीति लियौं भने काँग्रेस, एमाले र माओवादीले घाटामा पु¥याएर वन्द गराएर हरिविजोग वनाएका उद्योगहरू पुनः सञ्चालनमा ल्याउन सकिन्छ । यो भयो भनेमात्रै पुरानाले श्राप बोके, तिमीले आशिक बोक सरकार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?