© 2026
‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि एकजुट होऔँ, न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गर्दछ । यो अभियान मनाउन सुरु हुँदै गर्दा नेपालमा गएको बर्षमामात्रै करिव २४ हजार महिला तथा बालबालिकामाथि हिंसा भएको सार्वजनिक भएको छ । त्यसो त अहिले लैंगिक हिंसा नेपालमा मात्र होइन विश्वभरि नै व्याप्त छ । कतै यौन दुव्र्यवहार, कतै सांस्कृतिक हिंसा, कतै राज्यद्वारा हुने विभेद र हिंसा व्यापक छन् । विशेषगरी नेपाल लगायतका विकासोन्मुख देश, दक्षिण एशियाका देशहरूमा जहाँ अशिक्षा बढी छ, गरिबी छ, सामन्ती अर्थ व्यवस्था छ, महिलाहरू आर्थिक अधिकारबाट वञ्चित छन् त्यहाँ अझ बढी यस्ता हिंसा व्याप्त छन् । महिला विरुद्ध हिंसा गम्भीर मानव अधिकार उल्लंघन हो । यसले व्यक्तिको स्वतन्त्र र सम्मानित भएर बाँच्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित गराउँछ । महिला विरुद्ध हुने हिंसा रोक्न सरकारले विभिन्न पहल गर्दै नआएको होइन । यसका लागि कानूनी तथा नीतिगत व्यवस्था, संरचनात्मक तथा संस्थागत व्यवस्थाका साथै चेतना अभिवृद्धिमा विस्तारका नीतिहरू व्यवस्था गरिएका छन् । तथापि अहिलेपनि महिला हिंसाको अवस्थामा खासै सुधार आउन नसकेकोले सुधारका प्रयासलाई अनुगमन र मूल्यांकनलाई निरन्तरता दिंदै अझ सशक्त प्रभावकारी र सहभागीतामूलक बनाउंदै लैजानु आवश्यक छ । आगामी दिनमा हिंसा नियन्त्रणमा जरैदेखि अभियानमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै सन्दर्भमा महिला, पुरुष तथा अन्य घरेलु हिंसाका घटना सुन्नु परिरहेको छ । एक वर्षमा देशभर लैङ्गिक हिंसाका ३० हजार घटना दर्ता भएका छन् । यी त प्रहरीमा आएका घटना मात्र हुन । प्रहरीसमक्ष नआउने घटना अझै धेरै छन् । त्यो कल्पना गरेरपनि सकिदैन । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसा अपराधमा घरेलु हिंसाको हिस्सा ८० प्रतिशत रहेको छ । हिंसाको परिभाषामा विगतमा महिला हिसालाई मात्र समावेश गरिन्थ्यो तर पछिल्लोसमय पुरुषमाथि हुने हिंसालाई पनि हिंसाकै रूपमा ब्याख्या गर्न लागिएको छ । जनसुकै कारणले भए पनि प्रायः यस्ता घटना महिलासँग सम्बन्धित हुने गर्दछन् । महिला भएकै कारणले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिसाजन्य कार्य नै महिला हिंसा हो । विशेषतः पितृसत्तात्मक मूल्य र मान्यतामा आधारित असन्तुलित सामाजिक संरचना नै महिला हिंसाको प्रथम पुस्ताको कारकको रूपमा देखिएको छ । महिला हिसाको अर्को रूप घरेलु हिंसा पनि हो । पछिल्लो समय लैंगिक हिंसा न्यूनिकरणका लागि धेरै प्रयास भएका छन । अवका दिनमा त्यस प्रकारका हिंसाको न्यूनीकरण गर्नु जरुरी छ । फेरिपनि महिला, पुरुष तथा घरेलु हिंसाका घटना न्यूनिकरण गर्न नेपाल सरकार लगायत सम्वद्ध संघ संस्था एवं नागरिक समाजको सहकार्यवाट मात्रै संभव छ । लैंगिक हिंसा अन्त्यका लागि १६ दिने अभियानको बेलामात्र होइन, ३६५ दिन नै सकृयता र सजगता आवश्यक छ । यो अभियान सहरमा मात्रै होइन, गाउँ गाउँसम्म पु¥याउन सकेमात्र अभियान सार्थक हुने विश्वास गरिन्छ । जेहोस यसपटक पनि यो अभियान १६ दिनसम्म विभिन्न कार्यक्रम गरि सकिने छ । सरकारी तथा गैरसरकारी संघ संस्थाले आयोजना गर्ने हिंसाविरुद्धको अभियानका विभिन्न कार्यक्रममा बहस हुनेछन तर गाउँ गाउँसम्म फैलिएको महिला हिंसा पीडितहरूको आवाज भने दविएको दविएई छ । यो अभियान यसपटक औपचारिकमात्रै नबनोस् ।