ट्रेंडिंग:

>> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

दाङ जिल्ला उद्योग बाणिज्य संघ : उपाध्यक्ष बाहेक सबै संयुक्त प्यानलका उम्मेदवार विजयी

१४ आश्विन २०८०, आईतवार
१४ आश्विन २०८०, आईतवार

दाङ, १४ असोज ।

दाङ जिल्ला उद्योग वाणिज्य सघंको अध्यक्षमा बसन्त जोशी निर्वाचित भएका छन् । संयुक्त व्यावसायिक प्यानलका जोशीले साझा समावेशी प्यानलका रामप्रसाद पोख्रेललाई ४ सय ३५ मतान्तरले पराजित गरी संघको आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन समिति संयोजक निर्मल गौतमका अनुसार, जोशीले १ हजार ३ सय ४५ मत पाउँदा पोख्रेलले ९ सय १० मत मात्र प्राप्त गरे ।

त्यस्तै वाणिज्य सघंको वरिष्ठ उपाध्यक्षमा संयुक्त व्यावसायिक प्यानलका नरेश कुमार श्रेष्ठले सबैभन्दा धेरै मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनले १ हजार ३ सय ६१ मत प्राप्त गर्दा निकट्तम प्रतिष्पर्धी साझा समावेशी प्यानलका दीपेन्द्र पुन मगरले ८ सय ४२ मत प्राप्त गरे ।

उद्योग उपाध्यक्षमा साझा समावेशी व्यावसायिक प्यानलका ध्रुव कुमार गहतराज १ हजार १ सय २६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका भरतप्रसाद रेग्मीले १ हजार ७० मत प्राप्त गरे ।

बाणिज्य उपाध्यक्ष संयुक्त व्यावसायिक प्यानलका लिलाराम खड्काले १ हजार १ सय ५२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी राजभक्त रानाले १ हजार २० मत प्राप्त गरे ।

त्यस्तै वाणिज्य सघंको महासचिवमा महेन्द्र बुढाथोकीले १ हजार २ सय ३६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी शालिकराम खनालले ९ सय ५४ मत प्राप्त गरे । महासचिवमा बुढाथोकी दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

सचिवमा विकास वलीले १ हजार ८४ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी भिमसेन डाँगी ४ मतले पराजित भए । डाँगीले १ हजार ८० मत प्राप्त गरे ।

त्यस्तै कोषाध्यक्षमा जगतप्रसाद आचार्य १ हजार २ सय ३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिष्पर्धी प्रेम बहादुर बुढाले ९ सय ६८ मत मात्र प्राप्त गरे । सह–कोषाध्यक्षमा १ हजार ३ सय २९ मत प्राप्त गरि माधव खनाल निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिष्पर्धी यादव बहादुर श्रेष्ठले ७ सय ७८ मत प्राप्त गरे ।

त्यस्तै उद्योग सदस्यमा विक्रम राना १ हजार २ सय ७ मत पाएर निर्वाचित भएका छन् भने उनका प्रतिष्पर्धी सन्तोष नेपालीले ७ सय ३४ मत प्राप्त गरे । महिला सदस्यमा लिला नेपाली १ हजार ११ मत पाएर निर्वाचित हुँदा उनको निकट्तम प्रतिष्पर्धी देवकला बस्नेतले ९ सय ५५ मत प्राप्त गरे ।

वाणिज्य सदस्यहरुमा रुद्रबहादुर जैसीले १ हजार १ सय ४२, दिपक पण्डितले १ हजार २ सय २५, निम बहादुर बुढाथोकीले १ हजार १ सय २०, युवराज पन्तले १ हजार १ सय २०, रामप्रसाद पोख्रेलले १ हजार ३ सय ४०, पुष्कर राज न्यौपानेले १ हजार ६३, नोर्वु तामाङले १ हजार ३ सय ६ र सुरज बुढाथोकीले १ हजार १ सय ५८ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार, निर्वाचनमा साझा समावेशी प्यानलका उद्योग उपाध्यक्ष बाहेक सबै पदमा संयुक्त व्यावसायीक प्यानलले जितेको छ । दाङ जिल्ला उद्योग वाणिज्य सघंमा कुल ३ हजार ३ सय ५८ मतदाता संख्या रहेकोमा २ हजार ३ सय ५७ मत खसेको थियो । शनिवार दाङको घोराहीमा सम्पन्न उद्योग वाणिज्य सघंको निर्वाचनमा संयुक्त व्यावसायीक प्यानल र साझा समावेशी प्यानल गरि दुई प्यानल चुनावी मैदानमा होमिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?