ट्रेंडिंग:

>> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन

उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न

१३ आश्विन २०८०, शनिबार
१३ आश्विन २०८०, शनिबार

दाङ, १३ असोज ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी कार्याकालका लागि भएको निर्वाचनमा ७० प्रतिशत मत खसेको छ । शनिबार भएको निर्वाचनमा २ हजार ३ सय ५७ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । घोराही– १४ को सभा गृहमा बिहान पौने ९ बजेबाट मतदान कार्य शुरु भएको थियो । साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइएको निर्वाचन समितिका संयोजक निर्मल गौतमले जानकारी दिएका छन् । उक्त मतदानको मतगणना पनि राति ९ बजेपछि सुरु गरिने उनको भनाई छ । संघमा ३ हजार ३ सय ५८ जना मतदाता रहेका थिए ।

निर्वाचनका लागि २० पदमा ४० जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा वसन्त जोसी र रामप्रसाद पोख्रेल विच प्रतिस्पर्धा रहेको छ । जोसी यसअघि संघको उद्योग उपाध्यक्ष हुन् भने पोख्रेल वर्तमान कार्य समितिको वाणिज्य उपाध्यक्ष हुन् ।

जोसीको समुहबाट वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरतप्रसाद रेग्मी, वाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली, कोषाध्यक्षमा जगतप्रसाद आचार्य र सह कोषाध्यक्षमा माधव खनालको उम्मेदवारी रहेको छ । उद्योग सदस्यमा विक्रम राना, महिला सदस्यमा लिला नेपाली, वस्तुगत सदस्यमा विष्णुप्रसाद रिजाल, एशोसियट सदस्यमा युवराज पोख्रेल रहेका छन् ।

खुला सदस्यमा रुद्रबहादुर जैसी, दिपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने नोर्वु तामाङ, र सुरज बुढाथोकीले उम्मेदवारी दिएका छन् । पोख्रेलको टिमबाट वरिष्ठ उपाध्यक्षमा दिपेन्द्रपुन मगर, उद्योग उपाध्यक्षमा धु्रबकुमार गहतराज, वाणिज्य उपाध्यक्षमा राजभक्त राना, महासचिवमा शालिकराम खनाल, सचिवमा भिमसेन डिसी, कोषाध्यक्षमा प्रेमबहादुर पुन, सह कोषाध्यक्षमा यादवबहादुर श्रेष्ठको उम्मेदवारी परेको छ । उद्योग सदस्यमा सन्तोष नेपाली, महिला सदस्यमा देवकला वस्नेत, वस्तुगत सदस्यमा ओमप्रकास पोख्रेल, एशोसियट सदस्यमा गणेशप्रसाद दाहालको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?