ट्रेंडिंग:

>> नुवाकोट उत्कृष्ट पर्यटकीय गन्तव्य >> अनुसन्धानको पाटोलाई सरकारले उपेक्षा गरेको आरोप >> अन्तर्राष्ट्रिय सम्मेलनमा लुम्बिनीका मुख्यमन्त्री आचार्यको प्रस्तुतिः बुद्ध सर्किटमा मोनोरेल र नमुना राजधानीका लागि विदेशी लगानीको आह्वान >> बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध रिट दायर >> महालेखाले अर्थमन्त्रीलाई बुझायो एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन >> पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति >> रवि लामिछानेको प्रतिक्रिया- ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन्’ >> अदालतका दुई कर्मचारी घुससहित पक्राउ >> कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु >> वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ >> फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कति कमायो ? >> धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन- प्रधानमन्त्री ओली >> नेप्सेमा ११ अंकको गिरावट, ७ अर्बको कारोबार >> दीपक मनाङे जेल चलान >> नागढुङ्गाबाट सुनसहित एक भारतीय पक्राउ >> अवैध लागूऔषधसहित पक्राउ >> दीपक मनाङेलाई जिल्ला अदालतमा पेश, आजै कारागार चलान हुने >> नेपालको कुवेतमाथि १६५ रनको फराकिलो जित >> कृषि यन्त्रको प्रयोगले खेतीपाती सहज >> रास्वपाका पदाधिकारी र सांसदविरुद्धको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश >> रवि लामिछानेको सरकारी वकिलको कार्यालयमा बयान लिन शुरु >> बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय >> स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार बन्न कस्तो योग्यता चाहिन्छ ? >> अखिल तिलोत्तमाको अक्षयकोष निर्माण अभियान >> कप्तान पुजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको विशाल लक्ष्य >> सवारी दुर्घटना न्युनीकरण गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन >> लामिछानेलाई भैरहवा ल्याइयो, विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताको प्रदर्शन >> रवि लामिछाने चढेको विमान पोखराबाट उड्यो >> रवि लामिछाने पोखरा विमानस्थलमै, भैरहवाको मौसम प्रतिकुल हुदा उडान हुन सकेन >> बुटवलमा प्रिमियम र स्मार्ट नामी इभी गाडी सार्वजनिक >> फिल्म ‘कार्साङ’ मा जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक >> सुन तोलाको २४ सयले घट्यो >> नेपाली यू-१९ टिमले कर्नाटकाको यू-१९ टिमसँग मूलपानीमा पाँच अभ्यास खेल खेल्ने >> भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यू >> दीपक मनाङे पक्राउ >> लाल आयोगको प्रतिवेदनमा के छ ? >> ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दाबी >> काठमाडौँ महानगरले सामुदायिक विद्यालयका विद्यार्थीलाई १६ खेलमा प्रशिक्षण दिने >> माओवादीको विरोध सरकारमा नहुनुको छटपटी हो- प्रधानमन्त्री ओली >> एकादशीमा गुल्मी र पाल्पाका पालिकामा बिदा >> रामग्राम स्तुपमा आउने धार्मिक पर्यटक व्यवस्थापनमा चुनौति >> पर्यटकहरूमाथि हुने सास्ती रोकियोस् >> कता गैरहेको छ, शिक्षामा भएको लगानी ? >> सीमा पारीको प्रदूषण, वारी सास्ती >> पहाडी हावापानीमा लटरम्म किवी >> रवि लामिछानेलाई बुटवल ल्याइँदै >> तिहारको देउसी–भैलोः संस्कृतिको बचाउ कि, कमाउ धन्दा ? >> तीस बर्षपछि स्वास्थ्य चौकीले पायो नयाँ संरचना >> आज हरिबोधनी एकादशी : तुलसीसँग विष्णुको विवाह गरी मनाइदै >> यू-१९ महिला विश्वकप एसिया छनोटः आज नेपाल र कुबेत भिड्दै

पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय

१२ आश्विन २०८०, शुक्रबार
१२ आश्विन २०८०, शुक्रबार

बुटवल, १२ असोज ।

एमालेको बिहीबार बुटवलमा बसेको लुम्बिनी प्रदेश कमिटीको बैठकले पुसभित्रै सबै जिल्लाहरूका अधिवेशन गर्ने निर्णय गरेको छ । लुम्बिनीमा १२ जिल्ला छन् । तीमध्ये रूकुम पूर्वमा मंसिरमा र अन्य जिल्लाको पुसभित्र गर्ने निर्णय गरेको केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन् ।

भदौ १६ गते राधाकृष्ण कँडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएपछि बिहीबार पहिलो पूर्ण बैठक बसेको हो । बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले अहिलेको कमिटीले आगामी संघ, प्रदेश र स्थानीय तहको चुनाव गराउने र पार्टीको ११ औं महाधिवेशन गराउने भएकाले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने बताइन् ।

उनले अधिवेशनमा प्रतिस्पर्धालाई स्वाभाविक ठानेर प्रतिस्पर्धाबाट उत्पन्न मनोविज्ञानको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउनुपर्ने गरी योजना बनाउन निर्देशन दिएकी थिइन् । ‘निर्वाचनका बेला प्रतिस्पर्धा स्वाभाविक हो भन्ने वातावरण गराउने हो, विधानको पूर्ण प्रयोग गर्नुस्,’ उनले भनिन्, ‘व्यक्तिलाई केन्द्र मानेर विधान नमिच्नुस् । अवैधानिक कमिटी सूचना पाएको अर्को दिन भंग गरिनेछ । हरेकसँग विधान र नियमावलीका दस्तावेज हुनुपर्‍यो, कमिटीको महत्व र जिम्मेवारी नहुँदा चाहियो भन्ने काम गर्दा लैजा भन्ने कुरा अराजकता हो ।’

सचिव अर्यालले जनतामा एमालेले भनेजस्तो, सोचेजस्तो काम गरेन भन्ने गुनासो बढेको विषयलाई ध्यान दिँदै यसलाई व्यवहारबाटै जवाफ दिन सक्नुपर्ने बताइन् । पार्टीमा फुर्सदका बेला काम गर्ने मात्र नभएर कम्युनिस्ट पार्टीको आचरणअनुसार काम गर्ने कार्यकर्ता जन्माउनु पर्ने उनको भनाइ थियो । पार्टीका जिम्मेवारीमा बसेकाहरुको आचरण सुधार गर्नुपर्ने भन्दै उनले कम्युनिस्ट पार्टीका कार्यकर्ता विचारमा पनि स्पष्ट हुनुपर्ने बताइन् ।

नेतृ अर्यालले निर्णय कार्यान्वयनमा एकरूपता, संगठनात्मक चुस्तता बनाउँदै समुदायका एजेन्डा र नागरिकका समस्यामा सहभागिता हुनेगरी पार्टीका योजना बनाउनुपर्ने बताइन् ।

बैठकले अधिवेशनको समीक्षा गर्दै सचिवालय गठन, विभागीय जिम्मेवारी बाँडफाँड, जनसंगठनको भेला, पार्टी इतिहास लेखन र स्कुल विभाग संचालन तथा कार्यालय व्यवस्थापनका विषयमा टुंगो लगाएको प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

लुम्बिनीमा सबैभन्दा पहिले अधिवेशन भएकाले जिल्लाहरुको पनि पहिले अधिवेशन सक्नेगरी योजना बनाइएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?