© २०२३
बुटवल, ११ असोज ।
राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोष बुटवलको अध्यक्षमा पुनः मोहन भुषाल चयन भएका छन् । बुटवलमा भएको चौथो अधिवेशन तथा सातौ बार्षिक साधारण सभाबाट अध्यक्षमा भुषाल निरविरोध रुपमा निर्वाचित भएका हुन् ।
नयाँ गठन भएको समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद सापकोटा, उपाध्यक्षमा मोहम्मद कलिम, महासचिवमा प्रकाश रिजाल, सचिवमा होम बहादुर पाण्डे, सह सचिवमा नितेश कुमार कसौधन, कोषाध्यक्षमा ओम बहादुर कुँवर सर्वसम्मत रुपमा चयन भएको निर्वाचत समिति संयोजक यानेन्द्र जिसीले जानकारी दिए ।
सदस्यहरुमा सन्तराम यादव, शत्रुधन शाह, लक्ष्मण भट्टराई, आशोक बस्नेत, लिलाधर लुईटेल, पूर्ण बहादुर परियार, लक्ष्मण कार्की, सन्तोष थापा, नमराज गिरी, दिपक शर्मा चयन भएका हुन् । साधारण सभा तथा अधिवेशनको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले दुर्घटना न्यूनिकरणमा सबैजनाले ध्यान दिनुपर्ने बताएका थिए । उनले दुर्घटना न्यूनिकरण सबैको साझा दायित्व भएको भन्दै यसको लागि सरकारी निकायबाट यथेष्ठ मात्रामा जनचेतनामूलक कार्यक्रम गर्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी रुपन्देहीका उपाध्यक्ष चिनबहादुर गुरुङ्ग, नेकपा माओवादी (केन्द्र) जिल्ला ईन्चार्ज निर्मल जिसी, बुटवल उद्योग बाणिज्य संघका महासचिव विमल राज भट्टराई बुटवल वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकाल, बुटवल ११ का कार्यवाहक अध्यक्ष नहकुल शाही लगायतले आ–आफ्नो भनाई राखेका थिए । साधारण सभामा अध्यक्ष मोहन भुषालले तयार गरेको अध्यक्षको रणनीतिक प्रतिवेदन र कोषाध्यक्ष माधव प्रसाद श्रेष्ठको आर्थिक प्रतिवेदन र महासचिव प्रकाश रिजालको महासचिवको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।