ट्रेंडिंग:

>> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली

तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप

११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

बुटवल, ११ असोज ।

विश्वब्यापी कोभिड महामारी र आर्थिक मन्दीको प्रभाव उद्योग, ब्यापार क्षेत्रमा परेको बेला रुपन्देहीका ३ जना व्यवसायीहरुले भने तिलोत्तमा नगरमा सिद्धार्थ भुमी ग्रुप संचालनमा ल्याएका छन् । विगत २५ वर्षदेखि फर्निचर, प्लाईउडको क्षेत्रमा अनुभवी राम प्रसाद घिमिरे, ब्यवसायीहरु रितेश सिलवाल र नारायण केसीको संयुक्त ६० करोड लगानीमा घर निर्माणमा आवश्यक पर्ने नेपालकै ठूलो निर्माण र ईन्टेरियर सामानको थोक बिक्री केन्द्रको शोरुम संचालनमा आउन लागेको हो ।

एउटै छानामुनी सबै निर्माण सामग्री उपलब्ध हुने गरी शोरुम सञ्चालनमा ल्याउन लागेको सिद्धार्थ भूमी ग्रुप निर्देशक रितेश सिलवालले विहीबार पत्रकार सम्मलेनमा बताए । एक बिगाहा क्षेत्रफलमध्ये १४ हजार स्क्वायर फुटमा आकर्षक स्वरुम तयार गरिएको अहिलेसम्मकै ठूलो भएको उनले दाबी गरे । पहिलो चरणमा दुई वटा शाखासहित शुक्रबारदेखि सञ्चालन शुभारम्भ हुने निर्देशक सिलवालले बताए ।

‘देशका मुख्य शहरहरुका शाखा खोल्ने लक्ष्य अनुसार काठमाडौं जडिबुटी र बुटवलको मिलनचोकमा सेवा शुभारम्भ हुने छ’— उनले भने । शोरुममा लाईट्स, टायल्स, सेनेटरी, फर्निचर, पाईप एण्ड फिटिङ्सका विश्वप्रसिद्ध र नेपालका सबैजसो ब्राण्ड उपलब्ध हुने उनले बताए । उद्घाटन अवधिमा खरिदमा उपभोक्तालाई छुटको ब्यवस्था गरिएको उनले बताए ।

ग्रुपका संचालक राम प्रसाद घिमिरेले फिलिप्सको आधिकारिक बिक्रेताका रुपमा लाईट्स, यसैगरी सेनेटरीमा पेरी र रोक्का जस्ता ब्राण्ड, स्वदेशी ग्रिनल्यानका सनमाईकाको आधिकारिक बिक्री गरिने बताए । यसैगरी डाईमेक्सको युपिभिसी समेत उपलब्ध रहेको उनले बताए ।

ग्रुपका संचालक नारायण केसीले बिक्रीपछिको सेवालाई प्राथमिकता दिने गरी काम गर्ने सोच अघि बढाएको बताए । विश्वभरकै नाम चलेका मेक्स, पेरिवेयर, सिमपोलो, रोका, नियोप्लास्ट, टोनिस प्रोफाईल, फिलिप्स लाईटस एण्ड स्विच, बोस प्रडक्ट, एचएल युपिभिसी, आलुक, कालपटरु डोर एण्ड प्लाईउड, ग्रिनलाम लेमिनेशन, गेभिसा, मेनहोल, पञ्चकन्या, मिकासा डोर एण्ड फ्रेम, फेभिकोल, जोनसन, रेहाउ, हेसा सटरिङ प्लाईउड, पान्स आर, पाईप एण्ड फिटिङ्सका सामग्रीहरु एउटै थलोबाट सुपथ मूल्यमा उपलब्ध हुने हुँदा पनि उपभोक्ताको मन जित्ने दाबी गरे ।

निकट भविष्यमा ईटहरि र पोखरामा शाखा खोल्ने तयारी रहेको उनले बताए । एक सय जनालाई रोजगार दिन सफल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?