ट्रेंडिंग:

>> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य
बुटवल उद्योग वाणिज्य संघमा चुनावी माहौल

श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित)

अध्यक्षका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठ भन्छन् —‘संघलाई अहिलेसम्म सवल बनाउन लामो समय योगदान दिदै ब्यवसायीहरुको मन जितेको छु । प्रतिष्पर्धा बजार र प्रतिष्पर्धी संघ मेरो प्रमुख एजेण्डा हो ।’ अर्का उम्मेदवार हरि प्रसाद अर्याल भन्छन् —‘लामो समय योगदान दिएको छु । बुटवल क्षेत्रमा रहेका ब्यावसायिक समस्या पहिचान गरी निराकरणको लागि संघको नेतृत्वमा गएर पहल गर्छु ।’
१० आश्विन २०८०, बुधबार
१० आश्विन २०८०, बुधबार

बुटवल, १० असोज ।

रुपन्देहीको पुरानो मध्येको एक उद्योगी, ब्यवसायीहरुको संस्था बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ । संघको ७० औ साधारण सभा तथा २५ औ अधिवेशनको असोज १९ देखि २२ गते मिति घोषणा भएसंगै चुनावी चहलपहल शुुरु भएको हो । संघको नयाँ नेतृत्वका लागि पुर्व अध्यक्षहरुको बहुमत साथसहित दिनेश प्रसाद श्रेष्ठको टिम एकातिर मैदानमा छ भने उनका बिरुद्ध हरि प्रसाद अर्यालको कडा टिम मैदानमा उत्रेको छ । अघिल्लो पटक अध्यक्ष उज्जल कसजुसंग अर्याल पराजित भएका थिए । हरि अर्याल यसपटक बलियो टिमसहित मैदानमा उत्रेका छन । संस्थापन टिमका रुपमा उत्रेका श्रेष्ठको टिममा वरिष्ठ उपाध्यक्ष टंक गैरे, उद्योग उपाध्यक्ष नविन श्रेष्ठ, वाणिज्य उपाध्यक्ष विमल भट्टराई, महासचिव बाबुराम बिक, सचिव प्रतीक पोखरेल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा जाकिर हुसैनको नाम चर्चामा रहेको छ । यता अर्यालको टिम पनि प्रचारमा जुटेको छ । अहिलेसम्म वरिष्ठ उपाध्यक्ष टंक गैरे र वाणिज्य उपाध्यक्ष विमल भट्टराई दुवै टिममा नाम आएको छ । अर्यालकै टिममा उद्योग उपाध्यक्ष सुरज भट्टराई, महासचिव मुक्ति अधिकारी, सचिव भेषराज गैरे, कोषाध्यक्ष वसन्त ढकाल, सहकोषाध्यक्ष धन कुमारीको नाम आएको छ ।

श्रेष्ठको टिममा दलीय रुपमा हेर्ने हो भने उम्मेदवारहरुमा नेपाली काँग्रेस पार्टीको बाहुल्यता छ । यता अर्यालको टिमका उम्मेदवारहरु भने राजनीतिक रुपमा काँग्रेस र एमाले मिश्रित देखिन्छ । अध्यक्ष, वरिष्ठ, वाणिज्य उपाध्यक्ष, महासचिव नेपाली काँग्रेस तथा उद्योग उपाध्यक्ष नेकपा एमाले निकट रहेका छन् ।

दुबै टिम पदाधिकारीहरुको टुँगो लगाएर सार्वजनिक गर्ने तयारीमा छन् । श्रेष्ठ आफु चार वर्ष सदस्य हँुदै वरिष्ठ उपाध्यक्ष पदसम्म संघमा योगदान दिएको हुँदा पनि स्वतः नेतृत्वको लागि तयारी गरेको बताउँछन् । ब्यवसायीको समस्या बुझेर त्यसको निराकरणमा आफु सधै अगाडि रहेको उनी दाबी गर्छन् । यता अर्का उम्मेदवार अर्याल पनि संघमा लामो समय योगदान दिएर उपाध्यक्ष हँुदै काम गरेको अनुभवलाई नेतृत्वमा रहेर बुटवल बजारलाई गुल्जार गर्ने गरी योजना बनाउने संकल्प गर्छन् ।
संघमा ३३ वटा वस्तुगत उपसमिति रहेका छन् । उम्मेदवारी दिन उपसमितिमा अध्यक्ष र उपाध्यक्ष पदमा बसेर योगदान दिएकालाई प्राथमिकता दिंदै आएको छ । हाल ३ हजार पाँच सय सदस्य रहेकोमा यो वर्ष १ हजार ७ सय ७८ सदस्यहरुले मात्र नविकरण गरेका छन् ।

यस्तो छ टिम

अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष टंक गैरे
उद्योग उपाध्यक्ष नविन श्रेष्ठ
वाणिज्य उपाध्यक्ष बिमल भट्टराई
महासचिव बाबुराम बिक
सचिव प्रतीक पोखरेल
कोषाध्यक्ष प्रकाश श्रेष्ठ
सहकोषाध्यक्ष जाकिर हुसैन

अध्यक्ष हरि अर्याल
वरिष्ठ उपाध्यक्ष टंक गैरे
उद्योग उपाध्यक्ष सुरज भट्टराई
वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई
महासचिव मुक्ति अधिकारी
सचिव भेषराज गैरे
कोषाध्यक्ष वसन्त ढकाल
सहकोषाध्यक्ष धन कुमारी खनाल

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?