© २०२३
दाङ, ९ असोज ।
लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । मंगलबार मन्त्रालयमा दशै खर्च माग गर्दै पुगेका राउटेहरुलाई दशै खर्च उपलब्ध गराईएको हो ।
अर्थमन्त्री धनबहादुर मास्कीले दशै खर्च बापत २५ हजार रुपैयाँ उपलब्ध गराएका हुन् । सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई हस्तान्तरण गरिएको हो । उक्त रकम पाएपछि उनीहरु खुसी भएका थिए ।
उनीहरु प्रत्येक वर्ष तीज, दशै तथा तिहारमा सरकारसंग माग गर्ने गरेका छन् । केही दिनदेखी उनी दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दशै खर्च माग्दै आएका छन् । त्यस असरमा मन्त्री मास्कीले रकमलाई सही सदुपयोग गर्न अनुरोध गरेका थिए ।