ट्रेंडिंग:

>> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली

सक्षम बचत तथा ऋण सहकारीको साधारण सभा

६ आश्विन २०८०, शनिबार
६ आश्विन २०८०, शनिबार

बुटवल, ६ असोज ।

सक्षम बचत तथा ऋण सहकारी संस्था बुटवल ८ को १६ औँ वार्षिक साधारण सभा शनिवार बुटवलमा सम्पन्न भएको छ । २०६५ साल असार २५ गते सहकारी डिभिजन कार्यालय रुपन्देहीमा दर्ता भएको सहकारीमा आर्थिक वर्ष २०७९÷८० को अन्त्य सम्ममा कुल ४४३ शेयर सदस्यहरुले आर्थिक कारोवार गरिरहेको र सहकारीले सहकारीका आधारभूत क्षेत्र र सिद्धान्त भन्दा बाहिर रहेर कार्य नगरेकोले वर्तमान समयमा देखिएका सहकारीता सम्बन्धी समस्याहरु नरहेको कुरा अध्यक्ष लिलाधर लुइटेलले बताए ।

कार्यक्रमको उदघाटन गर्दै रुपन्देही बचत तथ ऋण सहकारी संघका अध्यक्ष बसन्त प्रसाद ढकालले पछिल्लो समयमा जिल्ला बाहिर केन्द्रीय कार्यालय रहेर रुपन्देहीमा आर्थिक कारोवार गरिरहेका सहकारीका गतिविधिले रुपन्देहीको सहकारी क्षेत्रमा नागरिकहरुले शंका गरिरहेको अवस्थामा सक्षम सहकारीले आफ्नो कार्यमा नमुना पेस गरेको र अन्य सहकारीहरुलाई यो नमुना अनुशरण गर्नका लागि अनुरोध गर्दै शुभकामना दिए ।

कार्यक्रममा अर्थशास्त्री दीपक रायमाझीले सहकारीहरु आफ्ना आधारभूत सिद्धान्त र न्यून पँुजी भएका नागरिकहरुलाई गोलबद्ध गर्ने कार्यमा लाग्नु पर्ने र आम नागरिकहरुले ब्याजको प्रलोभन वा अन्य आशामा स्थानीय भन्दा बाहिरका सहकारीहरुमा कारोवार नगर्न अनुरोध गरे । उनले पछिल्लो समयमा सहकारीहरुले अनुत्पादनशील क्षेत्रमा घुमाउरो तरिकाले कर्जा प्रवाह गरिरहेकोले उक्त गतिविधिमा सहभागिता नराख्न सुझाव समेत दिएका थिए ।

कार्यक्रममा ७० वर्ष पुगेका जेष्ठ नागरिकहरु लेखनाथ पौडेल, चक्रपाणी कंडेल र तुल्सिराम भुसाललाई सम्मान गरिएको थियो भने २०८० सालको एसईई परीक्षामा सामुदायिक र संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने शेयरधनीका छोराछोरीहरुबाट एक एक जना गरी ४ जना, असल दैनिक बचतकर्ता र बाल बचतमा एक–एक जना विविए छात्तवृत्ति प्राप्त एक जनालाई सम्मान गरिएको शिक्षा उप समिति संयोजक मोहन भट्टराईले बताए ।
कार्यक्रममा उपाध्यक्ष देविराम पाण्डे, समाजसेवी युवा दीपक खड्कालगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?