© २०२३
नवलपुर, ५ असोज ।
सुुगम जिल्लाका रुपमा परिचित भए पनि पुर्वी नवलपरासीका तीन गाउँपालिकाका १४ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली पुगेको छैन । जसका कारण अन्धकारमै रात बिताउन बाध्य छन् यहाँका बासिन्दा ।
जिल्लाको तीन गाउँपालिका हुप्सेकोट, बुुलिङटार र बौदीकालीका १४ वडा अझै पनि अन्धकारमै रहेका छन् र अहिले यो वर्षभित्र नै नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको विजुली पुर्याउने काम दुु्रत गतिमा अघि बढेको कावासोती विद्युत प्राधिकरणका निमित्त प्रमुख निश्चल अकिारीले बताए । राष्ट्रिय प्रसारणबाट विमुख हुँदा अन्धकारमा नै बस्नु पर्ने बाध्यताबाट यो वर्ष यहाँका करिब ५२ हजार जनता लाभान्वित हुने अधिकारीले बताए ।
हुुप्सेकोट, बुलिङटार र बौदीकाली तीन गाउँपालिकाका १४ वडाका ५२ हजार जनता राष्ट्रिय विद्युतको पहुँचबाट पुरै विमुख छन् र अँध्यारोमा आफ्नो जीवन बिताउन बाध्य रहेको बुलिङटारका स्थानीय जनकबहादुर रानाभाट बताउँछन् । “बिजुली बाल्ने सपना धेरैले देखाए, चुनाव आउँछ सबै दलको एउटै आश्वासन बिजुली बाल्ने र टुकीमा बसेर बिताएको जीवन अब उज्यालोमा बसेर बिताउने आश्वासन पनि दिएका ३० वर्ष पुग्यो तर अझै पनि आश्वासन पूरा हुने लक्षण नदेखिए पछि बारम्बार दबाबका बीच यो वर्ष भित्र चाँही बिजुली बल्नेमा आशा पलाएको डाडाँझैरीका प्रेमसिहं लुगेंली मगर बताउँछन् ।
अहिले राष्ट्रिय प्रसारणको बिजुली पुर्याउन बिजुलीको पोल गाड्ने काम भैरहेको छ भने कतै ट्रान्समिटर जडानको काम पनि भैरहेको र अब चाँडै नै बिजुली बाल्ने र उज्यालो नवलपुर अभियान सफल पार्न काम अगाडि बढेको नेपाल विद्युत प्राधिकरण कावासोतीका निमित्त प्रमुख अधिकारीले बताए । अहिले बुलिङटार, बौंदीकाली र हुप्सेकोटका १३ वडामा विद्युत सेवा पुर्याउने गरी यो वर्ष भित्र नवलपुरका बाँकी बिजुली नपुगेका सबै वडा सहित ९२ वडामा नै बिजुली पुरयाएर नवलपुर जिल्ला राष्ट्रिय प्रसारण संग जोडिने निमित्त प्रमुख अधिकारी बताउँछन् ।
अहिले हुप्सेकोट, बुलिङटार र बौंदीकाली गाउँपालिकाका १४ वडामा नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा दिन प्रकृया शुरु गरेपछि भने पहाडी क्षेत्रका जनताले केही आशा पलाएको अनुभव गर्न थालेका बौंदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए ।
यहाँबाट ३३ केभी लाइन विस्तार गरी जिल्लाको पहाडी तीन गाउँपालिकामा विद्युत बिस्तार गरिने गरी प्रकृया अघि बढेपछि बुलिङटार र बौंदीकाली र हुप्सेकोट गाउँपालिकाका स्थानीय जनता लाभान्वित हुने अध्यक्ष ओझाले बताए ।
आयोजना बिस्तार भएपछि तीन गाउँपालिकाका झण्डै ५२ हजारले लाभ लिने आयोजनाले जनाएको छ । देवचुलीको प्रगतिनगर सब स्टेशनबाट मुडाबास, मुन्ड़े हुँदै बोझा पोखरी सम्म उक्त लाइन विस्तार अघि बढेपछि पहाडी तीन गाउँपालिकामा नै विद्युतको काम अघि बढेको छ ।
अहिले विद्युत वितरण प्रणाली सुद्धृढीकरण तथा बिस्तार आयोजना बुटवल अन्तर्गत आठवटा सब स्टेशन निर्माण भैरहेको र बुलिङटारको बोझा पोखरीमा पनि सब स्टेशन निर्माण अन्तिम चरणमा पुुगेको जनाईएको छ ।