ट्रेंडिंग:

>> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली

दुध बेच्ने किसानलाई सहकारीले दियो झण्डै १७ लाख बोनस

४ आश्विन २०८०, बिहीबार
४ आश्विन २०८०, बिहीबार

सुनवल, ४ असोज ।

नवलपरासीको सुनवल १२ भुमहीमा रहेको भुमही दुग्ध उत्पादक सहकारी संस्थाले दुध बिक्री गर्ने किसानहरुलाई झण्डै १७ लाख बराबर बोनस रकम वितरण गरेको छ । गत आर्थिक वर्षमा सहकारीमा दुध बिक्री गर्दै आएका ५ सय ७५ जना पशुपालक किसानहरुलाई वर्षभरी कुल ७ लाख ४७ हजार ९ सय ९४ लिटर दुध बिक्री बापत १६ लाख ८२ हजार ९ सय ८८ रुपैयाँ बोनस रकम वितरण गरेको छ । बिहीवार भुमहीमा आयोजित एक कार्यक्रमका बिच उत्पादनको आधारमा कृषक बोनस कार्यक्रम अन्तर्गत किसानहरुलाई बोनस बापतको चेक रकम हस्तान्तरण गरेको सहकारीका व्यवस्थापक अग्नीधर भुषालले जानकारी दिए ।

मंगलबार दश हजार माथि बोनस रकम प्राप्त गर्न सफल ४३ जना किसानलाई चेक हस्तान्तरण गरिएको छ भने बाँकी रकम संस्थाको कार्यालयबाटै उपलब्ध गराईने सहकारीले जनाएको छ । एक वर्षको अवधिमा ३९ हजार ६ सय ५ लिटर दुध बिक्री गरेका किसान चन्द्रमणि ढकालले सबैभन्दा बढी ८९ हजार १ सय १२ रुपैयाँ बोनस रकम पाउन सफल भएका छन् । ढकालले बोनस रकम पाएपछि खुसी व्यक्त गर्दै सबैभन्दा पिडामा किसान भएको बेला सहकारीले बोनस रकम वितरण गरेर केही भएपनि उत्प्रेरणा थपेको बताए ।

सुनवल १२ का वडा अध्यक्ष चुरामणि पौडेलले नगरपालिकाले किसानमैत्री बजेट बनाउनुपर्नेमा जोड दिए । अझै पनि किसानको हितमा बजेट आउन नसकेको भन्दै यस विषयमा नगरपालिकाको ध्यानआकर्षण गराए पनि सुनुवाई नभएकाले किसानहरु पनि सचेत हुुनुपर्ने पौडेलले बताए । वडा नम्बर ११ का अध्यक्ष कमल प्रसाद चुवाईले सुनवलमा स्थानीय तहको बजेट कृषिमा निकै कम भएको बताए । कम्तीमा पनि कुल बजेटको १५ प्रतिशत बजेट कृषिमा लगानी गर्नुपर्ने चुवाईको धारणा थियो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीका सुरेश मिश्रले किसानलाई सरकारले अनुदानको माध्यमबाट सहयोग पुर्याउँदै आएको बताउँदै अनुदान प्राप्त गर्न योग्य बन्न किसानहरुलाई सुझाव दिए । सहकारीका उपाध्यक्ष तारादेवी भण्डारीले किसानले विभिन्न समस्याका बिच पनि उत्पादन बढाउन प्रयासरत रहेको बताउँदै गुणस्तरीय उत्पादनमा ध्यान दिनुपर्ने बताईन् । सो क्रममा किसानहरुले मल बिउको प्राप्तीमा कठिनाई भएको गुनासो गरेका थिए । भुमही दुग्ध उत्पादक सहकारीले किसानहरुलाई दुधको गुणस्तरको आधारमा ७५ देखि १ सय २० रुपैयाँ प्रतिलिटर रकम दिने गरेको छ । सोही आधारमा संस्थाले बोनस समेत बाँड्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?