ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

दाङ उद्योग वाणिज्य संघको निर्वाचनमा किचलो

४ आश्विन २०८०, बिहीबार
४ आश्विन २०८०, बिहीबार

दाङ, ४ असोज ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न परेको उम्मेदवारीको विषयलाई लिएर किचलो देखिएको छ । समस्या समाधान गर्न पूर्व अध्यक्षहरुले आन्तरिक छलफल सुरु गरेका छन् ।

निर्वाचन समितिले गरेको पछिल्लो निर्णयको स्वागत गर्दै वसन्त जोशीको संयुक्त गठबन्धन प्यानल प्रचार प्रसारमा जुटेका बेला रामप्रसाद पोख्रेल नेतृत्वको साझा समावेशी संयुक्त व्यावसायिक प्यानलले भने निर्वाचन समितिको निर्णय विधि विधान विपरित भएको जनाउँदै असन्तुष्टि पोखेर कानूनी उपचार खोज्ने तयारी गरेका बेला संघका पूर्व अध्यक्षहरु हालको उत्पन्न समस्या समाधान गरी सहमतीय प्रणालीमा नेतृत्व टुंग्याउने प्रयासमा जुटेका छन् ।

कुल २० पदका लागि दुई प्यानलबाट ४० जनाको उम्मेदवारी परेकोमा ३२ जनाको उम्मेदवारीको वैधताबारे दावी विरोधका क्रममा प्रश्न उठाईएको छ । दुवै प्यानलबाट दावी विरोध परेकोमा ३ सदस्यीय निर्वाचन समितिले छानविनका लागि समय माग गर्दै मंगलबार साँझ दावी विरोध पुग्न नसकी सबैको उम्मेदवारी कायम गरिएको जानकारी गराईएको थियो ।

नयाँ नेतृत्व चयनका लागि असोज १३ गते निर्वाचनको मिति तोकिएको छ । यही ६ गते उद्योग वाणिज्य संघको साधारण सभा राखिएको छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको बारेमा सबै जानकारी लिने र उपयुक्त भए नभएको बारेमा पनि ठोस निर्णय गरेर सकेसम्म सहमतिमै नेतृत्व टुंग्याउने पक्षमा रहेको संघका निवर्तमान अध्यक्ष नारायण भुसालले जानकारी दिए ।

नेतृत्व चयन प्रकृयाका लागि स्वस्थ निर्वाचनमा होमिने बेलामा भएको आन्तरिक समस्याको सकेसम्म गाँठो फुकाएर नयाँ ढंगबाट अघि बढ्ने गरी दाङ जिल्ला उद्योग वाणिज्य संघको पूर्व अध्यक्षहरुको समूह गम्भीर रुपमा लागि परेको उनको भनाई छ ।

व्यवसायीहरुको साझा संस्थाको गरिमाका बारेमा प्रश्न उठ्न थालेपछि संघका पूर्व अध्यक्षहरुले देखा परेको समस्याका बारेमा चासो लिँदै आन्तरिक रुपमा छलफल तीव्र पारेका छन् । समस्या समाधान गरी सहमतिमै नेतृत्व चयन गर्ने वातावरण बनाउन (बुधवार) दिउँसो उनीहरुको बैठक पनि बसेको छ ।

निर्वाचन संयोजकमा रहेका तीन जना मध्ये निर्मल गौतम र सदस्य अच्युतराज न्यौपानेले मात्रै हस्ताक्षर गरेको सूचना आएपछि जोशी प्यानलले उक्त निर्णयको स्वागत गरेको छ भने पोख्रेल प्यानलले उक्त निर्णय गलत कदमलाई प्रोत्साहन दिँदै विधि विधान विपरितको काम भएको भन्दै कानूनी उपचारको बाटो खोज्न बाध्य हुने चेतावनी दिएको छ ।

पूर्व अध्यक्षहरुसँगको छलफलमा सहभागी गराई सहमति जुटाउन जोशी प्यानलबाट वर्तमान अध्यक्ष टंकसिंह बुढाथोकीलाई, पोख्रेल प्यानलबाट निवर्तमान अध्यक्ष भुसाललाई अघि सारिएको बुझिएको छ । उक्त कार्यदलले गरेको निर्णय स्वीकार्य हुने गरी नयाँ ढंगबाट अघि बढ्न लागिएको बताइएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघ यस क्षेत्रकै प्रतिष्ठित व्यावसायिक संस्था हो ।

यस संस्थामा करिव साढे पाँच हजार संख्यामा व्यवसायीहरु सदस्य बनेका छन् । जसमध्ये निर्वाचनमा मतदानको अधिकार पाउने सदस्य संख्या ३ हजार ३ सय ५८ रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ ।

दुई प्यानल बिचमा कसरत

दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन समितिको पछिल्लो कदमलाई एउटा समूहले स्वागत गरेर अघि बढेको छ । अर्को समूहले विधि विधान विपरितको कदम भन्दै असन्तुष्टि पोखेर कानूनी बाटो रोज्ने तयारी गरेको छ ।

बुधबार दुवै प्यानले बेग्लाबेग्लै पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका छन् । रामप्रसाद पोख्रेल नेतृत्वको साझा समावेशी संयुक्त व्यावसायिक प्यानलले निर्वाचन कार्यक्रम अन्तर्गत दावी विरोध गर्ने क्रममा २०८० असोज २ गते साँझ साढे ६ बजे संस्थाको विधान विपरीत किर्ते रसिद प्रयोग गरेर उम्मेदवारी दिएका केही उम्मेदवारहरुको उम्मेदवारी समेत कायम गरिएको प्रति असन्तुष्टि बनेको छ ।

उम्मेदवारी उपर दावी विरोधको समय भाद्र ३१ गते साँझ ५ बजेसम्म रहेकोमा निर्वाचन समितिले ३२ जना उमेदवार माथि दावी विरोध परेपछि यसबारेमा अध्ययन गर्न भन्दै असोज २ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको थियो । तर दुई दिनपछि निर्वाचन समितिले हचुवाको भरमा किर्ते रसीद प्रयोग गरिएको विषयमा कुनै पनि छानबिन नगरेर उम्मेदवारी सदर गर्न खोजेपछि निर्वाचन समितिमा रहेका मणिराज आचार्यले निर्वाचन समितिले उठाएको उम्मेदवारी सदर सम्बन्धी टिप्पणीमा नोटअफ डिसेन्ट लेखेको र नोमिनेसन सदर सम्बन्धी निर्वाचन समितिले सार्वजनिक सूचनामा निर्वाचन समिति संयोजक निर्मल गौतम र सदस्य अच्यूतराज न्यौपानेले हस्ताक्षर गरेर बहुमतको आडमा किर्ते रसिद प्रयोग गरिएको विषयलाई प्रोत्साहन दिएर विधि विधान धज्जी उडाएको भन्दै कानूनी उपचार खोज्ने चेतावनी दिएको छ ।

संस्थाको गरिमा माथि नै आँच पुर्याउने गरी गरिएको कार्यलाई निरुत्साहित पार्ने ठाउँमा संस्थालाई नयाँ कार्य समिति प्रदान गर्न गहन जिम्मेवारी प्राप्त गरेका निर्वाचन समितिमा बसेका दिग्गज व्यक्तिहरु नै प्रभावमा परी गलत कार्यलाई प्रोत्साहन गर्नु दुखद भएको साझा समावेशी संयुक्त व्यावसायिक प्यानलको भनाई छ ।

यसप्रकारको कार्यप्रति घोर आपत्ती प्रकट गर्दै संस्थालाई बदनाम बनाउन गरिएको कुकार्यको विरोध स्वरुप विधि र विधान मिचेर कुकार्य गर्नेहरु विरुद्ध आफुहरु कानूनी उपचारका लागि अगाडि बढ्ने पत्रकार सम्मेलनमा नेपाल उद्योग तथा व्यवसायी महासंघ दाङका गोपालप्रसाद खनालले जानकारी दिए ।

उता, संयुक्त गठबन्धन प्यानलले भने दाङ उद्योग वाणिज्य संघको निर्वाचनका लागि निर्वाचन समितिले गरेको निर्णय स्वागतयोग्य भएको जनाएको छ । निर्वाचन समितिको पछिल्लो निर्णयको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण उद्योगी व्यवसायीलाई आग्रह समेत गरेको छ ।

निर्वाचनका क्रममा उम्मेदवारमाथि परेको उजुरी उपरको निर्णय गर्ने अधिकार निर्वाचन समितिलाई भएको र निर्वाचन समितिले गरेको निर्णय स्वागत योग्य भएको प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष कालीबहादुर खत्रीले जानकारी दिए । खत्रीले व्यावसायिक हकहितसँगै उद्योग बाणिज्य संघको गरिमालाई बचाई राख्न संयुक्त गठबन्धन बनाएर निर्वाचनमा लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?