© २०२३
बुटवल, ३ असोज ।
नेपाली लघु उद्यमीहरुलाई प्रवद्र्घन गर्ने लक्ष्यसहित बुटवलको डेल्टा कम्प्लेक्समा नेपाली लुगा घर संचालनमा आएको छ । ‘उद्योग देखि शरीरसम्म’ नारासहित लुगाघरको बुधबारदेखि शुभारम्भ भएको हो । एक कार्यक्रमका बिच बुधबार समाजसेवी ९२ वर्षीय भागिरथ भुषालले नेपाली लुगाघरको उद्घाटन गरे । करिब ढाई करोड रुपैयाँ लगानीमा नेपालका चर्चित भर्जिन, गोफी, केएण्डके, फ्रिडम, याक एण्ड नाक र ट्याग ब्राण्डका कपडाहरु उपलब्ध हुने संचालक प्रकाश भुषालले बताए ।
नेपालमै उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरका पहिरन सुपथ मूल्यमा आम ग्राहक वर्षमा उपलब्ध गराउने र त्यसको माध्यमबाट देशकै अर्थतन्त्र मजबुत गराउन ईट्टा थप्ने उद्देश्यका असोज ३–६ सम्म नेपाली लुगाघरको शुभारम्भ कार्यक्रम संचालन हुने उनले बताए । उद्घाटन अवधिभर रु एकमा पहिलो एक हजार ग्राहकलाई असिम गोल्डको सेण्डोका साथै कम्पनीद्वारा वितरित क्यास भौचरबाट नगद छुट समेत दिईने उनले बताए । गाजा, अल्लो र अन्य फ्याबरिकहरुबाट बनेका जुत्ता, कपडा कपडाघरमा उपलब्ध रहेको उनले बताए ।
यसैगरी कम्प्लेस परिसरमा राष्ट्रिय र स्थानीय कलाकारहरु बँुद राना, प्रकाश बस्नेत गफाडी, सुदेश सत्याल, कविराज पौडेल, बिष्णु पोखरेल विवस, लिलाधर पाण्डे, खेम प्रसाद गुरुङको गजल प्रस्फुटन समेत जारी छ ।
उद्घाटन अवधिमा डेल्टा मार्ट परिसरमा होटल म्यानेजमेन्ट अध्ययन गराउने आधा दर्जन विद्यालयका विद्यार्थीहरुले खानाका परिकारहरुका फुड प्रदर्शन राखेका छन् । नवीन औद्योगिक मावि, अक्सफोर्ड बोर्डिङ स्कुल, बुटवल मोडल कलेज, एक्सिस, एभरेष्ट ईङलिश बोर्डिङ स्कुल, स्कलर्श होम ईङलिश बोर्डिङ स्कुल, बुटवल बार टेन्डिङ एण्ड बारिष्टाका विद्यार्थीहरुका साथै होटल ब्यवसायीहरुको समेत गरी १४ स्टलमा सय बढी परिकारहरु उपलब्ध छन् । ‘सिक्दै चखाउँदै’ नारासहित ५० प्रतिशत विद्यार्थी र ५० प्रतिशत स्टलमा ब्यवसायीको राखिएको उनले बताए ।