ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

चिकित्सक आन्दोलनमा : बिरामी मर्कामा

३१ भाद्र २०८०, आईतवार
३१ भाद्र २०८०, आईतवार

बुटवल, ३१ भदौ ।

हेटौडामा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा देशभरका चिकित्सकहरु सेवा रोकेर आन्दोलनमा उत्रेका छन् । आइतबार लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघ रुपन्देही शाखाका चिकित्सकहरु विरोध कार्यक्रमसहित धर्ना दिएका छन् । उनीहरुले स्वास्थ्यकर्मी कुट्न बन्द गर, सुरक्षाको ग्यारेन्टी गर लेखेका प्लेकार्ड सहित केहीबेर धर्ना दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. सुदर्शन थापाले विगतमा पनि यस्ता घटना घटिरहेको भन्दै कानुनी रुपमा ब्यवहारमा लागू नगरिंदा दोहोरिएको बताए । यस विषयमा सरकार गम्भीर हुनुपर्ने उनले बताए । पटकपटक घटना घट्ने तर सरकारले केवल प्रतिवद्घता मात्र जनाउन नहुने उनको तर्क छ ।

नेपाल चिकित्सक संघ रुपन्देही शाखाका सहकोषाध्यक्ष वर्षा थापाले चिकित्सकहरु आफ्नो हकहितका लागि एकजुट हुनुपर्ने बताईन् । संघका महासचिव डा. सन्तोष पोखरेलले क्लिनिकमा समेत कुनै काम नगर्न सुझाव दिए । आकस्मिक बाहेकका सबै सेवा बन्द हुने उनले बताए । चिकित्सकहरुको समस्यालाई आम नागरिकलाई बुझाउन जरुरी रहेको उनको भनाई छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा. नेत्र रानाले चिकित्सकहरुबीचमा रहेको विभेद हटाउन जरुरी रहेको बताए । सिनियर र जुनियरबीचको विभेद हट्न सके धेरै समस्याहरु समाधान हुने उनले दाबी गरे । मेडिकल अफिसरलाई समेत सदस्य बनाउन जरुरी रहेको उनले बताए । केन्द्रको निर्देशन अनुसार अघि बढ्ने उनले बताए । हाल संघमा ३० हजार चिकित्सकहरु आवद्घ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?