ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

पश्चिमाञ्चल यातायात व्यवसायी समितिले दियो १९ जना विद्यार्थीलाई छात्रवृत्ति

३० भाद्र २०८०, शनिबार
३० भाद्र २०८०, शनिबार

बुटवल, ३० भदौ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले सामुदायिक विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थीलाई जनही १० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ ।

समितिका पूर्व अध्यक्ष अर्जुन रानाभाट, कोषाध्यक्ष लालबहादुर श्रेष्ठ र पूर्व अध्यक्ष गणेश पन्थले आफूले पाउने पारिश्रमिकलाई सामाजिक काममा लगाउने गरी स्थापना गरेको कल्याणकारी कोषबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । विभिन्न सामुदायिक विद्यालयका १९ जना विद्यार्थीलाई १० हजारका दरले गरीव तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको कार्यक्रम संयोजक तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्कीले बताए ।

रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, नवलपुर र स्याङ्जाका केही सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । समितिले स्थापना गरेको अक्ष्यकोषको व्याजबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले सानो सहयोगले पनि विद्यार्थीलाई पढ्नका लागि हौसला बढ्ने हुँदा आफूले पाउने पारिश्रमिकलाई अक्षयकोष बनाईदिएको र यसलाई बढाउँदै निरन्तरता दिनुपर्ने बताए । यातायात व्यवसायीले राज्यलाई ठूलो सहयोग गर्दै आएको बताउंदै राज्यले यातायात व्यवसायीका समस्यामा गम्भीर हुन नसकेको गुनासो गरे । समितिका पूर्व अध्यक्ष तथा नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले रक्तदान र छात्रवृत्ति कार्यक्रमलाई निरनतरता दिनुपर्ने बताउँदै छात्रवृत्तिको रकम शिक्षामा नै प्रयोग गर्न आग्रह गरेका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यमप्रसाद पाण्डेले छात्रवृत्ति र रक्तदान कार्यक्रमलाई थप व्यवस्थित गरी निरन्तरता दिने प्रतिवद्धता जनाउँंदै यातायात व्यवसायीका समस्या सरकारले सम्बोधन नगर्दा व्यवसायी समस्यामा परेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा समितिका पूर्व अध्यक्ष गुप्तबहादुर केसी, पूर्व महासचिव तथा ढुवानी व्यवसायी समितिका अध्यक्ष जीतबहादुर भाट क्षेत्री, समितिका उपाध्यक्ष गणेश घिमिरे, प्रतापबहादुर कार्की, महासचिव हरिप्रसाद कंडेल, दुर्गादत्त माध्यमिक विद्यालय शंकरनगरका प्रअ चण्डीप्रसाद पाण्डेलगायतले समितिले शैक्षिक क्षेत्रमा टेवा पु¥याउने गरी अक्षकोष स्थापना गरेर विद्यार्थीलाई हौसला प्रदान गरेकोमा सराहना व्यक्त गरे ।

त्यस्तै समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको महासचिव हरि प्रसाद कंडेलले बताए । सोही समारोहमा लु २ ख ११९६ का चालकको दुर्घटनामा परी मृत्यु भएकोमा उनको परिवारलाई समितिले गरिदिएको विमावाट ३ लाख रुपैयाँ प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?