© २०२३
दाङ, २६ भदौ ।
लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । मंगलवार राति १२ बजेदेखि अन्त्य हुने गरी मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्दै चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
मंगलवार बसेको मन्त्रीपरिषद बैठकले लोकसेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित क्षेत्र बर्दियामा राहत उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्यान गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेश सरकारका गृह मन्त्री सन्तोष कुमार पाण्डेयले बताए । त्यसैगरी प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरिएको सरकारका प्रवक्ता पाण्डेयले बताए ।