© २०२३
दाङ, २६ भदौ ।
नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुभास नेम्वाङको श्रद्धाञ्जली स्वरुप नेकपा एमाले दाङले तीन दिन सम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ । कुनै औपचारिक कार्यक्रम नगर्ने पार्टी प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए ।
यसैबीच पार्टी अध्यक्ष हुकुम बस्नेत र सचिव मनोहर बुढाथोकीले संयुक्त विज्ञप्ति जारी गरी उपाध्यक्ष नेम्वाङको निधनमा जिल्लाका १० वटै पालिकामा तीन दिन सम्म पार्टीको झण्डा आधा झुकाउन आग्रह गरेका छन् ।
विज्ञप्तिमा नेम्वाङको निधनले नेपाली कम्युनिस्ट आन्दोलनलाई अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ । गणतन्त्र प्राप्तिको संघर्ष र संविधान निर्माणमा नेम्वाङले खेलेको भुमिकालाई नेपाली जनताले सदैव स्मरण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।