© २०२३
सुनवल, २५ भदौ । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित गोरखदल गणमा सञ्चालित सैन्य आधार तालिमबाट ९५ जना नेपाली सेनाका सिपाही दिक्षित भएका छन् । एक कार्यक्रमका बिच उनीहरुलाई नेपाली सेनाको २२ नम्बर बाहिनी अड्डा बुटवलका सहायक बाहिनी पति खेमराज शर्माले दिक्षित गर्दै सेवा प्रवेश गराएका हुन् ।
दिक्षित भएका प्रशिक्षार्थीहरुलाई निर्देशन दिदैं सहायक बाहिनीपति शर्माले राष्ट्रले योग्य व्यक्तिका रुपमा छनौट गरेकाले कार्य क्षेत्रमा खटिदा राष्ट्र, नेपाली जनता र नेपाली सेनाको शिर उच्च राख्ने गरी काम गर्न आग्रह गरे । सिपाहीको सानो त्रुटिले पनि समग्र राष्ट्रकै प्रतिष्ठामा आँच आउने भएकाले आफ्नो कर्तव्यलाई नभुली काम गर्न उनले निर्देशन दिए ।
सिपाही बलियो भए सेना बलियो हुने र सेना बलियो भए देश बलियो हुने भएको हुँदा आफ्नो कर्तव्यलाई नभुली राष्ट्रको गरिमा उच्च राख्न उनले आग्रह गरे । गोरखदल गण अन्र्तगत ९ महिना सम्म सैन्य आधार तालिमबाट दिक्षित भएका सिपाहीहरु क्रमश कार्यक्षेत्रमा खट्ने गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिए ।