© २०२३
नेपालगन्ज, २४ भदौ ।
स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को लुम्विनी प्रदेश स्तरीय प्रथम साधारण सभा सम्पन्न भएको छ । नेपालगन्जमा सम्पन्न भएको प्रथम साधारण सभावाट दीपेन्द्र कुँवरको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन भएको हो ।
साधारण सभावाट अध्यक्ष दीपेन्द्र कुँवर, आईटिपी कुलदिप शर्मा, उपाध्यक्ष ओमप्रकाश रिजाल, सचिव छवि गिरी, कोषाध्यक्ष सुमन शर्मा र सदस्यहरुमा विनोज वास्तोला, अभिशेष क्षेत्री, रोमित गौचन, मानसिंह ओली चयन भएका छन् । साधारण सभालाई सम्वोधन गर्दै फेकन केन्द्रीय अध्यक्ष राजु निरौलाले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरुले उच्च शिक्षा पढ्न सधै विद्यार्थीहरु विदेश पठाएर ठूलो रकम विदेशीयो भनेर आरोप लागिरहेका वेला विश्वसामु नेपाललाई शैक्षिक हवको रुपमा विकास गर्न नेपाल सरकारलाई वारम्वार झकझक्याउँदै आएकोे वताए ।
उनले वुद्धीज्म कोर्ष, हस्पिटालिटी, मेडिसिन, आयुर्वेदिक, कल्चर हव लगायतका विषयमा विकास गर्न सके नेपालमा ठूलो संभावना रहेकाले विदेशी विद्यार्थी भित्र्याएर नेपाललाई समृद्ध गर्न सकिने वताए । गत आर्थिक वर्षमा मात्र ३२ हजार नेपाली विद्यार्थीहरु विदेशमा शिक्षा आर्जन गर्न गएको र ९ प्रतिशत नेपाली विद्यार्थी अष्ट्रेलियामा गएको फेकनका केन्द्रिय सचिव इन्द्रजित गौतमले जनाए ।
नेपालवाट अष्ट्रेलिया, क्यानडा र जापानमा नेपाली विद्यार्थीहरु अध्ययन अनुसन्धानमा जाने गरेको फेकनले जनाएको छ ।