ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

मिडियाले सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्छः पुन

२३ भाद्र २०८०, शनिबार
२३ भाद्र २०८०, शनिबार

स्वर्गद्वारी (प्युठान), २३ भदौ ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मिडियाले सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । प्युठानको स्वर्गद्वारीमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको विस्तारित वैठकलाई सम्बोधन गर्दै सभापति पुनले भ्रम सिर्जना गर्ने गरी तथ्यहिन समाचार सम्प्रेषण नगर्न आग्रह गरे । जिम्मेवार पत्रकारिताले राजनीतिलाई सही ट्रयाकमा हिंड्न सहयोग पुग्ने पुनको भनाई छ ।

उनले पार्टी र प्रेस युनियनबीच नङ र मासुको सम्बन्ध रहनुपर्ने भन्दै एकले अर्कोलाई भरथेग गर्नुपर्नेमा जोड दिए । सभापति पुनले लुम्बिनीमा पार्टीले प्रेस युनियनसंग समन्वय गरेर अगाडि बढ्ने बताए । सबै जिल्लामा परिपत्र गरेर युनियनसंग समन्वय गरी अगाडि बढ्न निर्देशन दिने पुनको भनाई छ । उनले पार्टीलाई मिडियामैत्री बनाउँदै अगाडि बढ्न पर्यत्न गरिरहेको भन्दै प्रदेश र सबै जिल्लाहरुमा प्रेस सल्लाहकार राख्ने बताए । कांग्रेस बाँकेले प्रेस सल्लाहकार राखेर राम्रो कामको सुरुवात गरेको पुनको भनाई छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पनि युनियनसंग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै पुनले पार्टीले यसमा भूमिका खेल्ने बताए ।

विस्तारित वैठकलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य अमर भण्डारी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले सम्बोधन गर्दै पार्टी र युनियनबीच समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिए । वैठकमा युनियनका सबै जिल्ला अध्यक्षहरुले पार्टी र युनियनबीचको अन्तरसम्बन्ध, पार्टीसंगको अपेक्षा र विद्यमान ग्यापका विषयमा बोलेका थिए ।

वैठकको अध्यक्षता गरेका नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले लुम्बिनीमा युनियनलाई पार्टीसंग जोड्दै समन्वय र सहकार्यका लागि काम गर्ने बताए । प्युठान शाखा अध्यक्ष मधुसुदन भण्डारी, लुम्बिनी प्रदेश महासचिव नवीन ग्रिप लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने प्रदेश भेला शुक्रबारदेखि स्वर्गद्वारीमा सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?