© २०२३
लमही, २२ भदौ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशसभामा टेबल हुँदै गरेको निजामती कर्मचारी ऐन २०८० मा सच्याउन माग राख्दै शुक्रबार रिले अनशन बसेका छन् ।
उनीहरुले बिहीवारदेखि आरक्षण कोटा अन्तर्गत अपाङ्गताको कोटा ५ प्रतिशत हुँदै आएकोमा प्रदेश कर्मचारी नियमावलीमा ३ प्रतिशत कायम भएको भन्दै सच्याउन माग राख्दै दबाब दिने उद्देश्यले दोस्रो दिन पनि लुम्बिनी प्रदेश सभाको मुलगेट अगाडि शान्तिपुर्ण रिले अनसन जारी राखेका हुन् । सो नियमावली २५ औं प्रदेश सभा बैठकबाट मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रस्तुत गर्दैछन् ।