ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

एमाले लुम्बिनी प्रदेश अधिवेशन : ‘परिवन्ध’ मा रिजालको उम्मेदवारी

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

बुटवल, १८ भदौ ।

नेकपा एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत गराउन नेताहरु आइतबार दिनभर र सोमबार बिहानसम्म प्रयास गरे । तर सर्वसम्मतको प्रयास असफल भयो । आइतबार उम्मेदवारी मनोनयनमा राधाकृष्ण कंडेल आफै गएर उम्मेदवारी दर्ता गराए भने अर्का प्रत्यासी हरि रिजाल उम्मेदवारी दर्ता गर्न गएनन् र उनको तर्फबाट अधिवेशन प्रतिनिधिले उम्मेदवारी दर्ता गराइदिए ।

उम्मेदवारी दर्ता भैसकेपछि रिजालले अधिवेशनमा सहभागी केही प्रतिनिधिसँग आफू परिवन्धमा परेको बताएका थिए । “उहाँको प्रस्तुती हेर्दा इच्छाविपरित नै उम्मेदवारी दिएको भन्ने बुझिन्थ्यो, म परिवन्धमा परें भनेर उहाँ स्वयंले भन्नुभएको थियो”–अधिवेशनमा सहभागी एक प्रतिनिधिले भने ।

स्रोतका अनुसार रिजाललाई अध्यक्षको उम्मेदवारीबाट पछाडि नहट्न केन्द्रीय सदस्यहरु भूमिश्वर ढकाल, शिवराज सुवेदी, चेतनारायण आचार्य लगायतका नेताहरुले दवाव दिएका थिए । “अधिवेशनमा सहभागी ती प्रतिनिधिले रिजालको भनाई उद्धृत गर्दै भने, “केन्द्रीय नेताहरुले हामीले जिताउँछौं, पछाडि नहट्नुस् भनेकाले परिवन्धमा परेर म उम्मेदवार बन्नु पर्यो ।”

आफै उम्मेदवारी दर्ता गर्न नगएपछि उहाँको चाहना विपरित नै उम्मेदवार बन्न लगाइएको पुष्टी हुने ती कार्यकर्ताले बताए । यसबारेमा प्रतिक्रिया लिन खोज्दा अध्यक्षका प्रत्यासी रिजालले भने फोन उठाएनन् ।

अध्यक्षका अर्का प्रत्यासी राधाकृष्ण कंडेलले लोकतन्त्रमा निर्वाचनलाई अन्यथा लिन नहुने बताउँदै स्वस्थ प्रतिष्पर्धाका माध्यमबाट आफूले जित हासिल गर्ने बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ नै दुवै नेतालाई बोलाएर सहमतिमा अघि बढ्न आग्रह गरेका थिए । उनले लुम्बिनीबाट प्रतिनिधित्व गर्ने शीर्ष नेतालाई पनि सहमतिमै नेतृत्व चयन गर्नेगरी पहलकदमी लिन आग्रह गरेका थिए । तर अध्यक्षको चाहना विपरित नेतृत्व चयनका लागि भने चुनाव नै हुने निश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?