ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

एमाले प्रदेश अधिवेशन : सर्वसम्मत गराउने प्रयास असफल, निर्वाचनको तयारी

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

बुटवल, १८ भदौ ।

नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको नेतृत्वका लागि सहमतिको प्रयास जारी राख्दै नेताहरुले निर्वाचनको तयारी सुरु गरेका छन् । तर सहमतिको सम्भावना टरेको छलफलमै सहभागी नेताले बताएका छन् ।

निर्वाचन समितिले सोमबार (आज) बिहान १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको अन्तिम समय दिएको थियो। यसअघि आइतबार राति ९ बजेसम्म तोकिएको थियो । छलफलमा सहभागी नेताहरुले नै समय थप गर्न आग्रह गरेपछि निर्वाचन समितिले समय थप गरेको थियो ।

सोमबार १० बजेपछि उम्मेदवारी दर्ताको समय थप नगरी त्यसपछि उम्मेदवारी माथिको दाबी विरोध र फिर्ताको प्रक्रिया सुरु हुने गरी निर्वाचन कार्यालयले जनाएको छ । सोमबार बिहान ८ बजेसम्ममा अध्यक्षको लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजालले आइतबार निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएका हुन् । कँडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका निवर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् ।

आइतबार रातिदेखि नै केन्द्रीय नेताहरु प्रदीप ज्ञवाली, पद्मा अर्याल, सूर्य थापाले दुवै उम्मेदवारसँग सहमतिका लागि छलफल जारी राखेका छन् । तर सहमतिको सम्भावना न्यून रहेको एमाले उपमहासचिव ज्ञवालीले बताए । ‘अध्यक्ष पदका दुई उम्मेदवारबीच सहमति गराउने प्रयास अझै जारी नै छ,’ उनले भने, ‘तर प्रतिस्पर्धाको सम्भावना बढी देखिन्छ ।’

अध्यक्ष, उपाध्यक्ष, सचिवमा २/२ जनाको उम्मेदवारी दर्ता भएको छ । उपसचिवमा १२ जना र सदस्यका लागि तीन सय जना बढीको उम्मेदवारी दर्ता भएको निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीले बताए ।

अध्यक्षको पदसँगै उपाध्यक्षमा कँडेलका तर्फबाट रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र सचिवमा गुल्मीका सोमनाथ सापकोटा र दाङका लक्ष्मण आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, रिजालको तर्फबाट उपाध्यक्षमा बाँकेका पुजन विकले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका उम्मेद्वार कँडेलले निर्वाचन कार्यालयमा आफैं उपस्थित भएर र रिजालले वारेसमार्फत उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । कँडेल राजु श्रेष्ठको प्रस्ताव र भोजराज पोखरेलको समर्थनमा उम्मेदवार बनेका छन् । त्यस्तै, रिजाल विजयविराज विष्टको प्रस्ताव र बालसिंह काउछाको समर्थनमा उम्मेदवार बनेका छन् ।

एमाले अधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहबाट १ हजार ४ जना प्रतिनिधि छनोट भएर आएका छन् । जिल्लागत प्रतिनिधिको रुपमा १ सय ८६ जना, खुल्लाबाट पदाधिकारीसहित १५ जना, मजदुरबाट ३ र अपांगबाट १ जना गरी अधिवेशनले २ सय ५ जनाको लुम्बिनी प्रदेश कमिटी चयन गर्ने छ ।

सोमबार ३ बजेसम्ममा निर्वाचन गराएर आजै परिणाम सार्वजनिक गर्ने गरी निर्वाचन कार्यालयले तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?