ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको लुम्बिनी प्रदेश अधिवेशनः अध्यक्षमा कंडेल र रिजालको उम्मेदवारी दर्ता

१७ भाद्र २०८०, आइतबार
१७ भाद्र २०८०, आइतबार

बुटवल, १७ भदौ ।

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा राधाकृष्ण कंडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । कंडेल वतृमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् ।

मतदाता नामावली प्रकाशन गरेर पदाधिकारीको मापदण्ड खोज्न जुटेको निर्वाचन कमिटीले आइतबार साँझ संशोधित सूचना प्रकाशित गरेको छ । उम्मेदवारी दर्ता गर्ने मिति र समय बाहेक सबै कार्यक्रमहरु पछि प्रकाशित गर्ने गरी निकालिएको सूचना अनुसार उम्मेदवारहरुले भोलि बिहान १० बजे सम्म उम्मेदवारी दर्ता गर्न सक्ने छन् ।

साँझ ५ बजेबाट उम्मेदवारी दर्ता खुलेको थियो । जस अनुसार अहिलेसम्म अध्यक्ष पदमा २ जना र अन्य पदाधिकारी र सदस्यहरु गरी १०५ जनाको उम्मेदवारी दर्ता भएकोे छ । अध्यक्षमा उम्मेदवारी दर्ता गराएका रिजालको दर्ता नम्बर १०१ र कंडेलको दर्ता नम्बर १०५ रहेको निर्वाचन कमिटीले जनाएको छ । रिजालको उम्मेदवारीमा बिजयविराज बिष्ट प्रस्तावक र बालसिंह काउछा समर्थक रहेका छन् भने कंडेलको उम्मेदवारीमा राजुप्रसाद श्रेष्ठ प्रस्तावक र भोजराज पोखरेल समर्थक रहेका छन् ।

१ हजार ४ जना प्रतिनिधिहरुको नाम सार्वजनिक गरी दाबी विरोधको लागि आह्वान गरिएपनि थप प्रक्रिया अघि बढाउन नेतृत्व चयन गर्दा पदाधिकारीको संख्या तथा पद बारे टुङ्गो नलागेपछि आइतबार दिनभरी निर्वाचन कमिटी अलमल परेको थियो । २०५ जनाको कमिटी गठन गर्न भनिए पनि अध्यक्ष बाहेक अन्य पदाधिकारी के कति रहने भन्ने यकिन गर्नका लागि आयोजकले थप एक घण्टाको समय मागेको भएपनि त्यसको किनारा लगाउन आज दिनभरी लागेको बन्दसत्रका एक प्रतिनिधिले बताए ।

एमाले अध्यक्ष ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन गरेर काठमाडौं फर्किए पनि अन्नतः चुनाबी प्रक्रियामै गएर नेतृत्वको टुङ्गो लगाउने निश्चित जस्तै देखिएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १ हजार ४ प्रतिनिधिहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?