ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

बक्यौता भुक्तानी अबिलम्ब गर

१० भाद्र २०८०, आइतबार
१० भाद्र २०८०, आइतबार

सरकारी ढुकुटीमा पैसा नहुँदा सरकारले निर्माण व्यवसायीलाई समयमै भुक्तानी दिन सकेको छैन । एकातिर निर्माण व्यवसायीलाई समयमै काम सक्न ताकेता गर्ने र अर्कोतर्फ सकिएका आयोजनाको भुक्तानीमा बिलम्ब गर्दा निर्माण व्यवसायी आन्दोलनकै चरणमा छन । यो अवस्थामा अहिले विकास निर्माणको कााम प्रायः ठप्प जस्तै छ । पछिल्लो समय निर्माण सकिएका आयोजना र स्रोत सुनिश्चितता भएका आयोजनाको भुक्तानी पाउनुपर्ने माग राख्दै आन्दोलनमा होमिएका निर्माण व्यवसायीलाई सरकारले किस्ताबन्दीमा भुक्तानी गर्ने जवाफ त दिएको छ तर त्यसमा पनि सरकार संकटमा देखिएको छ । निर्माण व्यवसायीका अनुसार सरकारले प्रतिवद्धता अनुसारको किस्ताबन्दीमा रकम दिन सकिरहेको छैन । खासगरी अघिल्लो सरकारले स्रोत सुनिश्चितताका नाममा न्यून बजेट विनियोजन गर्ने र ठूला आयोजनाको ठेक्का लगाउने काममा कैफियत देखिएको छ । सरकारले प्रत्येक वर्ष आयोजनाका म्याद थप्दै जाने गरेको छ । निर्माण व्यवसायीले पनि आफ्नो प्रभावमा पारेर आयोजनाको म्याद थप्छन् भने केही आयोजनाको म्याद सरकार स्वयंले थप्ने गरेको छ । यस्तो अवस्थामा आयोजनाको म्याद थपिनु निर्माण व्यवसायीलाई नाफा नभएर घाटा हुने निर्माण व्यवसायीको दावी छ । सरकारले अबिलम्ब निर्माण ब्यवसायीको रकम भुक्तानी गर्ने ब्यवस्था गर्नुपर्दछ । काम सकिएको आयोजनाको पैसा माग्दा समेत भुक्तानी नपाउने अवस्था हुनुले सरकार अव काम गराउनै नसक्ने अवस्थामा पुगेको त होइन ? भन्ने प्रश्न उठेको छ ।

सरकारले आर्थिक चुनौति समाधान हुँदै गरेको दावी गरेपनि नेपालको अर्थतन्त्र अझैपनि संकटतर्फ उन्मुख भैरहेको छ । अर्कोतर्फ साउन महिनामा आयात र निर्यात दुवै घटेको छ । यसले पुँजी पलायन भैरहेको देखाउँछ तर सरकार यस विषयमा मुकदर्शक मात्र वनिरहेको छ । अर्कोतर्फ राजनीतिक खिचातानी र जालझेलका कारण अहिले मुलुक दिशाहीन भैरहेको छ । जसको प्रत्यक्ष असर लगानीमा परिरहेको छ । विदेशका लगानीकर्ताहरू नेपालमा लगानीको सुरक्षित वातावरणको अवसरमा छन तर त्यो अवसरको उपयोग गर्न नपाउँदा केवल निरासावाहेक केही छैन । उद्योगी मैत्री वातावरण मुलुकमा छैन । २०५२ साल यता मुलुकमा सञ्चालनमा रहेका उद्योगहरू समेत धरासायी बन्दै गएका छन् । कतिपय त थेग्न नसकेर बन्द समेत भए । दुई तिहाईको सरकारले लगानीमैत्री वातावरण तयार गर्ने भनेपनि त्यो नारामा मात्रै सीमित भएको छ ।

मुलुकको आर्थिक बिकासमा ठूलो योगदान गर्न सक्ने नीजि क्षेत्रको विकास तथा विस्तारमा सरकारले ध्यान दिन सकिरहेको छैन । केवल कर संकलन गर्ने नाममा नेपालमा स्थापना भएका ठूलो उद्योगलाई धरासायी वनाईदैछ । ठूला व्यापारिक प्रतिष्ठानहरूमा अनावश्यक हस्तक्षेप भैरहेको छ । तर सरकारमा सहभागी दल र तिनका नेतृत्वकर्ताहरूले आर्थिक अवस्थाको यो भयावहताप्रति गंभीर हुन ध्यान दिइरहेका छैनन् । मुलुकको आर्थिक क्षेत्रमा करिव २० प्रतिसतको योगदान नीजि क्षेत्रको छ तर नीजि क्षेत्रलाई नै धरासायी वनाएर नेपाललाई नै कंगाल वनाउने दिशामा वर्तमान सरकार उद्यत छ । पुँजीगत खर्चको प्रवाह अझैपनि क्रमशः घट्दै गैरहेको छ । एकातिर निर्माण व्यवसायी आन्दोलित हुनुपर्ने, उद्योगी व्यवसायी धरासायी हुँदै जाने र लगानीमैत्री बाताबरण समेत नबन्दा नेपालको अर्थतन्त्र कताँ जाँदैछ ? भनिरहनु पर्दैन । निर्माणको काम ठप्प भयो भने निश्चितरूपमा त्यसले देशमाथि ठूलो घाटा हुनेछ । तसर्थ समय अझै छ– सरकारले पुँजीगत खर्च बढाउनेगरि देशको अर्थतन्त्र चलायमान बनाउने हो भने निर्माण व्यवसायीको बक्यौता भुक्तानी अबिलम्ब गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?