© २०२३
सुनवल, २० साउन । पश्चिम नवलपरासीको प्रतापपुर ९ बेलाटारीमा रहेको त्रिभुवन मावि बेलाटारी र त्रिभुवन क्याम्पस बिच विवाद सृजना भएको छ । कक्षा ११ र १२ को दिवा कक्षा संञ्चालनका सन्र्दभमा बेलाटारीमा एकै स्थानमा रहेका त्रिभुवन क्याम्पस र त्रिभुवन मावि विच विवाद सृजना भएको हो । त्रिभुवन माविले केहि महिनाका लागी कक्षा ११ र १२ का लागी दिवा कक्षा संञ्चालन गर्न क्याम्पसको कक्षाकोठा प्रयोग गर्न दिन आग्रह गरेपनि क्याम्पसले अस्वीकार गरेपछि विवाद बढेको हो । त्यसैको सन्र्दभमा शुक्रबार त्रिभुवन माविले अभिभावक भेलाको आयोजना गरी त्रिभुवन माविकै स्वामित्वमा जग्गामा बनेको क्याम्पसमा कक्षा संञ्चालन गर्न नदिनु आपत्तिजनक भएको जनाएको छ ।
भेलालाई सम्बोधन गर्दे प्रतापपुर गाँउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले कुनै पनि हालतमा पढ्न पाउने विद्यार्थिको अधिकार हनन हुन नदिने बताउदै दिवा कक्षा संञ्चालन हुने बताए । यादवले दिवा कक्षा संञ्चालनका सन्र्दभमा कुनै पनि कठोर कदम चाल्नु आफू तयार रहेको बताउदै भविष्यमा आईपर्ने कुनै पनि परिस्थीतीको जिम्मेवारी प्रतापपुर गाँउपालिकाले लिने जिकिर गरे । मलाई बजारमा कस्ले के भन्यो भन्ने होईन् १४ हजार विद्यार्थिको भविष्यको माथि खेलवाड गर्ने अधिकारी कसैलाई छैन् अध्यक्ष यादवले भने बालबालिकाको शिक्षाका लागी जुनसुकै कठोर कदम चाल्न तयार छु ।’
त्रिभुवन माविमा दिवा कक्षा संञ्चालन गर्नुपर्ने भएकाले कक्षा ११ र १२ को पठनपाठनमा असर परिरहेको बताउदै अध्यक्ष यादवले जबरजस्ती भएपनि त्रिभुवन क्याम्पसमा कक्षा संञ्चालन गर्ने जिकिर गरे । पाँच वर्षे कार्यकालमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै यसमा हस्तक्षेप नगर्न यादवले चेतावनी दिऐ । पुर्व मन्त्री तथा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयस त्रिपाठी प्रति लक्षित गर्दे उनले शिक्षामा राजनिति नर्गन आग्रह गरे । त्रिभुवन माविका प्रधानअध्यापक नारदमुनी ठाकुरले पटक–पटक कक्षाकोठा क्याम्पसका कक्षालाई असर नपर्ने गरी उपलब्ध गराउन माग गर्दा समेत आनाकानी गर्नु विद्यार्थिको भविष्यमाथिको खेलवाड भएको बताए । पुरा कक्षा संञ्चालनका लागी ६५ ओटा कक्षाकोठा आवश्यक छ प्रधानअध्यापक ठाकुरले भने तर बढिमा ५५ कोठा मात्र उपलब्ध भएकाले समस्या भएको छ । केहि महिना भित्रमै निर्माणाधिन दुई तले भवनको निर्माण सकिएपछि पुनः क्याम्पसको कक्षाकोठा प्रयोग गर्नुनपर्ने ठाकुरले बताए ।
एता त्रिभुवन क्याम्पसका क्याम्पस प्रमुख मनोजधर द्धवेदिले क्याम्पस क्युएए प्राप्त गर्ने प्रक्रियामा रहेकाले त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुसार कक्षाकोठा उपलब्ध गराउन नसकिने तर्क गरे । विगतमा ८ महिना सम्म कक्षाकोठा उपलब्ध गराएकै हो अहिले हामी क्युएएको प्रक्रियामा छौ त्यसैले कक्षाकोठा दिन सकिदैन् द्धिवेदिले भने । क्युएएको प्रमाणपत्र प्राप्ती पछि क्याम्पसका कक्षाकोठा सहजै प्रयोग गर्न सकिने भएपनि अहिले कठिन रहेको उनको भनाई छ । विवादले राजनैतिक रूप समेत लिएपछि बालबालिकाको पठनपाठन प्रभावित हुने देखिएको छ ।