ट्रेंडिंग:

>> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता

राजनीतिक पूर्वाग्रहका आधारमा पत्रकार शुद्धीकरण गरिएको प्रेस चौतारी लुम्बिनीको आरोप

१७ श्रावण २०८०, बुधबार
१७ श्रावण २०८०, बुधबार

बुटवल, १७ साउन ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरण मापदण्ड अनुसार नभएकाले विरोध गरेको छ ।

बुधबार बुटवलमा सम्पन्न प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको बैठकले प्रदेशका १२ जिल्लामै विवाद देखिएकाले विरोध गर्ने निर्णय गरेको हो । बैठकले महासंघले मापदण्ड अनुसार नभइ व्यक्ति हेरेर पत्रकारको शुद्धीकरण गरेको जनाउँदै आपत्ति जनाएको छ ।

विरोधका कार्यक्रम अन्तर्गत पत्रकार महासंघ लुम्बिनीलाई ज्ञापनपत्र बुझाउने, सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणमा जिल्लामा देखिएका विवाद समाधान गर्न आग्रह गर्ने र विवाद समाधान नभएको खण्डमा महासंघको कार्यकक्षमा तालाबन्दी गरिने अध्यक्ष शोभाखर पन्थीले जानकारी दिए ।

प्रदेश समिति बैठकले राजनीतिक आस्थाका आधारमा उस्तै प्रकृतिको काम गर्ने व्यक्ति पनि कोही रहने र कसैलाई हटाउने काम भएको भन्दै जिल्लाको विवादित निर्णय सच्याउन पत्रकार महासंघ प्रदेश समितिलाई आग्रह गरेको छ ।

राजनीतिक आस्थाकै आधारमा पत्रकार महासंघले सदस्यता शुद्धीकरण र वितरणको काम गरेका कारण आफुहरुले असहमति जनाएको महासचिव निरु गौतमले बताइन् ।

बैठकमा नेकपा(एमाले) लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले चौतारी सक्रिय पत्रकारको संस्था भएको जनाउँदै अझै चुस्त दुरुस्त बनाएर अघि बढाउन आग्रह गरे ।

प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले राजनीतिक पूर्वाग्रह राखेर सदस्यता शुद्धीकरण भए मान्य नहुने चेतावनी दिए । उनले मापदण्ड बाहिर गएर प्रक्रिया अघि नबढाउन पत्रकार महासंघलाई सुझाव समेत दिए ।

बैठकमा पार्टीका प्रचार विभाग लुम्बिनीका प्रमुख डिआर घिमिरे, प्रेस चौतारी विभाग लुम्बिनीका इञ्चार्ज मोहन चापागाइँ, प्रेस चौतारी लुम्बिनी प्रदेशका सह इञ्चार्जहरु रुद्र सुवेदी, टिका बस्नेत, पार्वती पाण्डे, कमल तिमिल्सेना, प्रदेश उपाध्यक्ष दशरथ घिमिरे लगायतले बोल्दै सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणको काममा गम्भीर बन्न पत्रकार महासंघलाई सुझाव दिएका थिए ।

बैठकमा प्रेस चौतारीका जिल्ला इञ्चार्जहरु अमृता अनमोल, नवराज भुसाल, मिलन विक, अमृत गिरी, टिआर शर्मा, गणेश आचार्य, सन्तोष दहितले पत्रकार महासंघको गरीमा कायम राख्ने गरी शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणको काम अघि बढाउन आग्रह गरे ।

प्रेस चौतारीका रुपन्देहीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, पाल्पा अध्यक्ष कृष्ण कार्की, दाङ अध्यक्ष इन्द्र डिसी, प्युठान अध्यक्ष वासुदेव गिरी, गुल्मी उपाध्यक्ष नारायण प्रभात मरासिनी लगायतले महासंघले मापदण्ड विपरित राजनीतिक पूर्वाग्रहका आधारमा सदस्यता शुद्धीकरण र वितरणको काम गरिएको भन्दै आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?