ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

अस्पताल जान–आउन, वडाबाटै निःशुल्क यातायात

८ श्रावण २०८०, सोमबार
८ श्रावण २०८०, सोमबार

सल्यान, ८ साउन ।
सल्यान शारदा नगरपालिकाको १२ नम्बर वडामा जेष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलाको लागि निःशुल्क यातायात सेवा सुरु भएको छ । वडाबासी नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर वडा कार्यालयले यस्तो व्यवस्था गरेको हो ।

गत बर्ष गर्भवती महिलाको लागि मात्रै सुत्केरी हुन अस्पतालसम्म जानका लागि निःशुल्क यातायात सेवा प्रदान गरेको वडा नम्बर १२ ले यो आर्थिक बर्षदेखि ७० बर्ष माथिका जेष्ठ नागरिक तथा अति अशक्त र अपांगता भएका व्यक्तिहरूका लागि पनि सेवा सुरु गरेको वडा अध्यक्ष सुरेन्द्र बुढाले जानकारी दिए । उनले भने, —‘आर्थिक रुपमा बिपन्न र तत्कालै स्वास्थ्य सेवा लिन नसक्नेहरूलाई सुबिधा दिनका लागि यो व्यवस्था सुरु गरेका हौं ।’

वडा कार्यालयका अनुसार गत आर्थिक बर्ष २०७९÷०८० मा ६० जना भन्दा बढि गर्भवती महिलाले सेवा लिएका थिए । यो आर्थिक बर्षदेखि गर्भवती महिलाहरूलाई सुत्केरी गराउन जिल्ला अस्पताल लैजान र ल्याउन, जेष्ठ नागरिक, अपांगता भएका र असहायहरूका लागि पनि जिल्ला भित्रका अस्पतालसम्म जान आउन निःशुल्क यातायात सेवा सुरु गरिएको वडा अध्यक्ष बुढाले जनाए । उनका अनुसार यस आर्थिक बर्षको एक हप्ताको अवधिमा मात्रै ८ जना गर्भवती महिलाहरूले सेवा लिइसकेका छन् ।

वडामा एम्बुलेन्स नभएका कारण अन्य गाडीको व्यवस्था गरेर वडा कार्यालयले भाडा बापतको रकम भुक्तानी दिने गरेको छ । वडा अध्यक्ष बुढाले भने, ‘बिरामी भएका अशक्त, अपांगता भएका, जेष्ठ नागरिक, गर्भवतीसँग साथमा पैसा नहुन सक्छ । हामिले निःशुल्क यातायात सेवाको बारे वडाभरी सूचना सम्प्रेषण गरेका छौं, त्यसै अनुसार उहाँहरूले हामिलाइ सम्पर्क गर्नुहुन्छ र वडाले तुरुन्तै गाडिको व्यवस्था गरिदिन्छ ।’

यस बर्ष स्वास्थ्य सम्बन्धी कार्यक्रम तर्फ आफ्नो वडाले २५ लाख रूपैयाँ विनियोजन गरेको भन्दै उनले यहि बजेटबाट निःशुल्क यातायात सेवा संचालन गरिने बताए । जिल्ला भित्रका सरकारी अस्पताल, स्वास्थ्य संस्था तथा प्रसूति गृहमा जान आउनका लागि वडाले यो सेवाको व्यवस्था गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?