ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

दाङमा ४५ औँ पुष्पलाल स्मृति दिवस मनाइयो

७ श्रावण २०८०, आइतबार
७ श्रावण २०८०, आइतबार

दाङ, ७ साउन ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले दाङले जिल्लाका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरेको छ । जस अन्तर्गत घोराहीमा पनि कार्यक्रम आयोजना भएको नेकपा एमालेले जनाएको छ । ४५ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा नेकपा एमाले घोराही नगर कमिटीले आइतबार रक्तदान तथा विचार गोष्ठी गरेको छ ।

पार्टीका केन्द्रीय अनुशासन आयोगका सदस्य छविलाल वलीले जिल्लास्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा कम्युनिष्टहरु बीचको वैचारिक वहस पछिल्लो समय कमजोर बन्दै गएकाले यसतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए । देशमा समग्र कम्युनिष्टहरुको बाहुल्यता रहेको बेलामा यसको सही उपयोग देशको विकासमा लगाउन तर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो ।

सदस्य वलीले विचारको राजनीतिले मात्रै देशमा समाजवाद सम्भव रहेको हुँदा यस विषयमा सरोकार सबै पक्षले पुष्पलालले प्रस्तुत गरेका नीति विचार र सिद्धान्तको अनुशरण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गरे ।

पछिल्ला दिनमा कम्युनिष्ट आन्दोलनको मूल मर्म बिर्सेर विपरित दिशामा कम्युनिष्टहरु लाग्दै गएको आभाष हुने गरेको हुँदा यस विषयमा सरोकार पक्ष गम्भीर हुनुपर्नेमा उनको जोड थियो । ‘नेपालको इतिहासलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणले अध्ययन अन्वेषण गर्न उनको योगदान निकै ठूलो रहेको छ’ उनले भने, ‘नेपाल कम्युनिष्ट आन्दोलनमा पटक पटक कारागार परेका पुस्पलालको सैद्धान्तिक दृढता दूरदर्शिता, सिर्जनशीलता, क्रान्तिकारीता र व्यवहारिक नीति निर्माण भुल्न सकिँदैन । यो कुरा आजको दिनमा उत्तिकै सान्दर्भिक छ ।’

सो अवसरमा, पुष्पपाल र कम्युनिष्ट पार्टीको सान्दर्भिकताका बारेमा गोपाल नेपालीले कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रको टिप्पणी दुर्गालाल केसीले गरेका थिए । कार्यक्रममा दुई दर्जन बढी नागरिकले रक्तदान गरेका थिए ।

२००६ मा भारतको कोलकतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए । वि.सं १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मिएका पुष्पलाल वैचारिक रूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित छन् । जनमतका हिसाबले ठूलो हिस्सा कम्युनिष्ट र वामपन्थी भएपछि विभिन्न टुक्रामा विभक्त हुँदा उनले देखेको सपना पूरा हुन नसकेको गुनासो कायमै छ ।

यसैबीच, पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा घोराही १४ स्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखामा बस्दै आएका अपांगता भएकाहरुका लागि नेकपा एमालेले खाद्यान्न सहयोग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?