ट्रेंडिंग:

>> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

कार्यालय प्रमुखहरुलाई बुटवलका मेयरको निर्देशनः सेवा प्रवाहमा सुधार ल्याउनुस्

२७ असार २०८०, बुधबार
२७ असार २०८०, बुधबार

बुटवल, २७ असार ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सेवाप्रवाहमा सुधार ल्याउन बुटवलका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनले बुटवलभित्रका सबै कार्यालयहरुबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिए ।

उनले बुटवल उपमहानगरपालिकाले दिने सेवालाई अझ प्रभावकारी बनाउन नागरिकको पहुँच विस्तार गर्न च्याटबट सञ्चालनमा ल्याएको र सहायता कक्षसमेत सञ्चालन गरेको बताए । ’बुटवल उपमहानगरका सेवामा समस्या छन् भने हामी सुधार गर्छौं–उनले भने–अरु कार्यालयहरुका समस्या प्राथमिकताअनुसार सुधार गर्दै जान म यहीँबाट अनुरोध गर्छु, बुटवलभित्रका कुनैपनि कार्यालयले समयमा सेवा दिएनन्, जनतालाई दुख दिए र सेवा दिनेक्रममा समस्या आए भन्ने कुरा सुन्नु नपरोस् ।’

उनले बुटवललाई उत्कृष्ट नगर बनाउन बुटवलबासी र बुटवलका संघसंस्थाहरुको पनि उत्तिकै भूमिका हुने बताए । ’घरको फोहोर डस्टविनमा नराखेर बाटोमा फाल्ने, सडकभरि मनपरी पार्किङ गर्ने, प्रतिक्षालयमा समेत पार्किङ गर्ने, हाटबजार, ठेला, इरिक्सामा मनलाग्दी गर्ने अनि बुटवल राम्रो भएन भनेर हुँदैन–उनले भने–सबैले सबैतिरबाट नगरलाई सफा सुन्दर र हराभरा बनाउन र समृद्ध बनाउनका लागि भूमिका खेल्न जरुरी छ ।’

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध बनाउनका लागि सबै पक्षको साथ र सहयोग जरुरी रहेको बताइन् । उनले बुटवलभित्रका सरकारी कार्यालयहरुको सेवा प्रवाहमा सुधार ल्याउनका लागि उनले सुझाव दिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरका सेवासुविधालाई प्रभावकारी रुपमा प्रवाह गर्न तत्पर रहेको भन्दै कुनै गुनासो रहेमा सिधै सुझाव दिन आह्वान गरे । यस्तै प्रवक्ता शिव रानाले नगरको सेवाप्रवाहलाई चुस्त दुरुस्त राख्न जनप्रतिनिधि र कर्मचारी तयार रहेको बताए ।

कार्यक्रममा बुटवलभित्र कार्यालय रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इलाका प्रहरी कार्यालय, मालपोत कार्यालय, सडक, खानेपानी, विद्युतलगायतका कार्यालयका प्रमुखहरुले सार्वजनिक सुनुवाईमा सेवाग्राहीले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?