ट्रेंडिंग:

>> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

परिवार नियोजन संघ दाङको सभापतिमा देवकोटा सर्वसम्मत

२३ असार २०८०, शनिबार
२३ असार २०८०, शनिबार

दाङ, २३ असार ।

नेपाल परिवार नियोजन संघ दाङ शाखाको सभापतीमा भरतराज देबकोटा सर्बसम्मत चयन भएका छन् । आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति बनेको छ ।

संघको शनिबार सम्पन्न ४४ औँ वार्षिक साधारणसभा तथा १५ औँ अधिवेशनले आगामी कार्यकालका लागि कोषाध्यक्षमा माया पोख्रेलसहित सबै कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी, महिला सदस्यमा बालिका लम्साल, शारदा गौतम निर्वाचित भएका छन् भने युवा सदस्यहरु कृपा सुवेदी, रेणु श्रेष्ठ, किरण पौडेल, माधा भण्डारी निर्विरोध चयन भएका छन् । ११ सदस्यीय कार्यसमितिमा रिक्त रहेको ३ जना सदस्य निर्वाचित कार्यसमितिले चयन गर्नेछ ।

संघको संशोधित विधान अनुसार उपसभापति हटाएर कोषाध्यक्ष र अरु क्षेत्रगत रुपमा सदस्य रहने गरी ११ सदस्यीय कार्यसमिति बनाईएको छ । सभापति र कोषाध्यक्ष पदको समयावधि ३ वर्षको रहेको छ भने सदस्यहरुको हकमा गोला प्रथाबाट २ र ३ वर्षे अवधि राखिएको निर्वाचन अधिकृत अधिवक्ता दीपक रेग्मीले जानकारी दिए ।

संघको विधान अनुसार, निर्वाचन प्रकृयाका लागि उम्मेदवारी माग गरिएकोमा कसैको पनि दावी विरोध नपरेपछि निर्वाचन अधिकृत रेग्मीले तोकिएको सबै पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । २०३४ सालमा स्थापित नेपाल परिवार नियोजन संघले ४६ वर्षे ईतिहासमा यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?