© २०२३
दाङ, २३ असार ।
पातुखोलामा डुबेर एक बालकको निधन भएको छ । तुलसीपुर–७ गैरापातु निवासी तुलसी दमाईका ११ वर्षीय छोरा रबिन परियारको पातुखोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका छन् ।
साथीसंगै खोलामा नुहाउन गएका बालक डुबेको अवस्थामा स्थानीयले फेला पारेको उनले बताए । पानीमा डुबेका बालकको उद्दार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गर्ने क्रममा शनिबार दिउँसो साढे तीन बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षामा भेल आएका कारण पानीको सतह बढेको थियो ।