ट्रेंडिंग:

>> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक

रामग्राम पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

१९ असार २०८०, मंगलवार
१९ असार २०८०, मंगलवार

सुनवल, १९ असार ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ । मंगलबार जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक भगौति यादवले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन भएको पालिकाको रुपमा घोषणा गरेका हुन् । जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले सबै प्रकारको खोप पाएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख यादवले भौतिक पूर्वाधार मात्र नभएर नगरपालिकाले शिक्षा, स्वास्थ्य र समाजिक क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्ने बताए । पृथ्वी चन्द्र अस्पताल लगाएतका स्वास्थ्य संस्थाको सुधारको आवश्यकता रहेकोमा यादवको जोड थियो ।

नगर प्रमुख धनपत यादवले नगरपालिका नगरबासीको स्वास्थ्यका बिषयमा गम्भीर रहेको बताउँदै १५ महिना भन्दा माथि ५९ महिना सम्मका खोप लगाउन छुटेका बालबालिकालाई पनि खोजौँ र खोपौँ अभियान चलाएर खोप प्रदान गरिएको बताए । नगरपालिकाले गाउँ गाउँबाटै सुत्केरी महिलाको भिडियो एक्सरे सहितको स्वास्थ्य परीक्षण सुरु गरेको र गभर्वती महिलालाई छ महिना पुग्ने पौष्टिक तत्व वितरण गर्देे आएको जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, रामग्राम १५ का वडा अध्यक्ष धनपत यादव, स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थी, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा लगायतले बोल्दै स्वास्थ्य क्षेत्रको परिवर्तनमा तीनै तहका सरकारको भूमिका हुनुपर्नेमा जोड दिएका सुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले जानकारी दिए ।

नगरपालिकाको १८ वटै वडामा घरधुरी सर्वेक्षण मार्फत ३४ सय १७ बालबालिकालाई खोप प्रदान गरी पुर्ण खोप सुनिश्चित गरिएको जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले बताए । खोजि अभियानका क्रममा १५ महिना सम्मका बालबालिका मध्ये ४ जनाले खोप नलगाएको पाईएकाले उनिहरुलाई खोप प्रदान गरिएको हरिजनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?