© २०२३
बुटवल १० असार
दाङ, दंगीशरण गाउँपालिका–६ बागर बस्ने ३२ वर्षीय समिर केसी र सोही गाउँपालिका–३ चखौरा बस्ने ३७ वर्षीय बिरेन्द्र भन्ने रामनारायण चौधरीको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आ–आफ्नै खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
गुल्मी, मालिका गाउँपालिका–८ फल्लेनी बस्ने ४० वर्षीया बिष्णु बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको आँगनमा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको प्राथामिक स्वास्थ्य केन्द्र रजस्थल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।