Butwal Today

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

२१ कार्तिक २०८१, बुधबार
अ+
अ-

बाँके।

बाँकेमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

आज विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ कटिलिया मोडमा भे १ त ७६२२ नम्बरको ट्याक्टर पल्टिँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का ३५ वर्षीय बाबुराम कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतमा रहेको धान लिन गएको बेला तीब्र गतिका कारण ट्याक्टर मोड्ने क्रममा दुर्घटना भएको हो । मृतक बाबुराम नेपालगञ्ज वडा न-१९ का वडा अध्यक्ष प्रशुराम कुर्मीका छोरा हुन।