ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

घोराहीको नीति तथा कार्यकम्र : कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

६ असार २०८०, बुधबार
६ असार २०८०, बुधबार

दाङ, ६ असार ।

घोराही उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरुलाल चौधरीले कृषि क्षेत्र समृद्धिको मुख्य आधार रहेकोले खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धन तथा तरकारीमा आत्मनिर्भर हुने गरी मूल बिउ तथा उन्नत बिउ (धान, गहँु, मकै, तोरी, मसुरो, प्याज र आलु) मा कृषकलाई दिईदै आएको अनुदानलाई निरन्तरता दिइने बताएका छन् ।

कृषियोग्य जमिनमा सिंचाई सुविधा विस्तार गर्न अधुरो रहेका डिप बोरिङ सञ्चालनमा प्राथमिकता दिइनुका साथै थप सिंचाइ बोरिङ निर्माण कार्यलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । सूचना प्रविधिको माध्यमबाट कृषकहरुलाई कृषि सम्बन्धी सूचना उपलब्ध गराउन तथा कृषकका समस्या समाधान गर्न घोराही कृषि मोवाइल एप तयार गरी कार्यान्वयनमा ल्याइ किसान परिचयपत्रको समेत व्यवस्था गरिने भएको छ । दाङको पहिचानको रुपमा रहेको स्थानीय तोरी र महको उत्पादन बढाउन तोरी खेतीमा सिंचाईको लागि अनुदान तथा तोरीको तेल, बेसार र महको ब्रान्डिङ तथा लेबलिङमा अनुदानको व्यवस्था गरिनेछ ।

नगरभित्र जीवन निर्वाहमुखी पशुपालन गरिरहेका कृषकहरुलाई व्यवसायीकरण तर्फ उन्मुख गराई आगामी तीन वर्षभित्र घोराही उपमहानगरपालिकालाई दुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराइने नगर प्रमुख चौधरीले बताए । उपमहानगरपालिका अन्तर्गत प्रत्येक नमूना माध्यमिक विद्यालयहरुमा स्वास्थ्यकर्मी व्यवस्थापन गरिनेछ । एक वडा एक नमूना विद्यालय कार्यक्रम अन्तर्गत छनौट गरिएका विद्यालयहरुलाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अभिप्रेरित गर्दै सम्पूर्ण सामुदायिक विद्यालयहरुको विकास गर्न कार्ययोजना निर्माण गरिने कार्यक्रम रहेको छ ।

कृषकहरुलाई समयमै मल र बिउ उपलब्ध गराउने व्यवस्था मिलाइने, कृषि बिमा, प्राङ्गारिक खेतीलाई प्रोत्साहन गरिने, कृषि प्रविधिको विकास प्रसार तथा उपयोगबाट कृषि उत्पादन एवम उत्पादकत्व बढाइने, कृषिको व्यावसायिकीकरणमा जोड दिइ आय आर्जन तथा रोजगारीका अवसरहरु सृजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नागरिकको आधारभूत स्वास्थ्य सेवालाई प्रत्याभूत गर्न निर्माणाधिन स्वास्थ्य संस्थाहरुको भवन सम्पन्न गरी सेवा प्रवाह गरिनेछ । उपप्रमुख प्रजनन् रुग्ण्ता कार्यक्रम अन्तरगत पाठेघर बचाउँ अभियान मार्फत पाठेघरको भिआईए स्क्रिनिङ्ग गरी पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच गरिनेछ । घोराही उपमहानगरपालिकाको नागरिकहरुको उपचारको लागि आवश्य रगत नेपाल रेडक्रस सोसाईटीको समन्वयमा निःशुल्क रुपमा उपलब्ध गराउन नगर प्रमुख रक्त संचार सेवा कार्यक्रमलाई निरन्तरता दिईनेछ । आमा र नवजातशिशुको जीवन रक्षाको लागि उपप्रमुख आमा नवजातशिशु सुरक्षा खुत्रुके बचत कार्यक्रमलाई निरन्तरता दिइनेछ। नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउन सुरक्षित सुत्केरी अभियान संचालन गरिनुका साथै सुरक्षित सुत्केरी अभियानलाई प्रोत्साहित गर्न उप प्रमुख खुत्रुके बचत कार्यक्रमलाई निरन्तरता दिइनेछ । त्यसैगरी आगामी तीनवर्ष भित्रनगर भित्र रहेका खरका (फुस) छाना हटाइ खरका छाना मुक्तनगर घोषणा गरीनेछ ।।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?