© २०२३
बुटवल, ३ असार ।
वैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ तिलोत्तमा नगरपालिकाले सीप विकास तथा उद्यमशिलता तालिम संचालन गरेको छ । उनीहरुलाई १८ दिने बेकरी, बारिष्टा सीप तथा उद्यम विकासको तालिम दिईएको हो । आईतबार एक समारोहका बिच सहभागीहरुलाई प्रविधि हस्तान्तरण तथा तालिम समापन भएको छ ।
कार्यक्रमको तिलोत्तमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरी, वडा नं. २ का डिल बहादुर भट्टराई, वडा नं. ६ मा गणेश पाठकले तालिममा सहभागीहरुलाई तालिमको प्रमाणपत्रका साथै प्रविधि हस्तान्तरण गरेका छन् । कार्यक्रममा तिलोत्तमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार पहिलो चरणको आधारभुत तालिमसंगै थप एडभान्स कोर्ष दिने प्रतिवद्घता जनाइन् । तालिम लिएपछि अनिवार्य ब्यवसाय, उद्यम गर्न सुझाव दिदै उनले बजारमा राम्रो माग भएको कफि र बेकरीको तालिम प्रभावकारी भएको बताईन् ।
कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष वडा नं. २ का वडाअध्यक्ष तथा कार्यपालिका सदस्य डिल बहादुर भट्टराईले कफी स्वादका लागि मात्र नभई स्वस्थ्यका लागि धेरै उपयोगी भएको बताए । उनले सिकेको सीपलाई सानोसानो लगानीबाट ब्यहारमा उतार्न सुझाव दिए ।
बारिष्टा तालिम लिएका तुल बहादुर ओझा, कल्पना पाईजाले थप एडभान्स कोर्ष समेत चलाउन जरुरी रहेको उनले बताए।
कार्यक्रममा उद्यम विशेषज्ञ मुकुन्द ज्ञवालीले स्वरोजगारको अभियानमा नगरमा लामो समयदेखि निरन्तरता दिएको बताए । उद्यमी सृजना गर्नु कठिन काम भएको भन्दै उनले निरन्तरता जरुरी रहेको बताए। ब्यवस्थापन र प्रविधि दुबै सीप सिक्न पाउनु महत्वपुर्ण भएको उनले बताए।
कार्यक्रममा तिलोत्तमा रोजगार सेवा केन्द्रका संयोजक देवेन्द्र ज्ञवालीले बेकरी र वारिष्टा १५–१५ दिन र उद्यमशिलता विकास सम्बन्धी तालिम ३ दिन संचालन गरिएको बताए ।
तालिमलाई द कफी हबका संचालक तथा प्रशिक्षक तिरास लाम्टाङे मगर, मुकुन्द ज्ञवाली, सन्जय पोखरेल, सृजना भट्टराई, घरेलु तथा साना उद्योग कार्यालयका अनन्त पन्थी, कमल थापालगायतले सहजिकरण गरेका थिए । तालिममा २३ जना सहभागी रहेका थिए ।